Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

गाउँपालिकाले एक वर्षमै पुरा गर्याे अाफ्नाे प्रशासनिक संरचना पुरा (भिडियाे सहित)

गाउँपालिकाले एक वर्षमै पुरा गर्याे अाफ्नाे प्रशासनिक संरचना पुरा (भिडियाे सहित)

  • सुजन तिमल्सिना
  • सोमबार, भाद्र ४ २०७५


गाउँपालिकाले एक वर्षमै  पुरा गर्याे अाफ्नाे प्रशासनिक संरचना पुरा (भिडियाे सहित)

इलाम । इलामको सबैभन्दा सानो सन्दकपुर गाउँपालिकाले एक वर्षमै आफ्नो प्रशासनिक संरचना निर्माण सम्पन्न गरेपछि स्थानीय जनता उत्साहित भएका छन् । मुख्य कार्यालय सहित सबै वडा भाडा रहेका यस गाउँपालिकाका संरचना एक वर्षमै पुरा गरेको हो । स्थानीय सरकार गठन हुँदा सडक, संचार, विद्युत मात्रै हैन भौतिक संरचना विहिन सन्दकपुर गाउँपालिकाले एक वर्षमै आफ्नो प्रशासनिक पूर्वाधार निर्माण पुरा गरेको छ ।

स्थानीय तह घोषणा भएसँगै मुख्य कार्यालयदेखि सबै वडा कार्यालय भाडा रहेको सन्दकपुर गाउँपालिकामा स्थानीय सरकार गठन भएको एक वर्षमै मुहारै फेरिएको हो । संघ र प्रदेश सरकारको सहयोग बिनै कर्मचारी र जनप्रतिनिधिको सक्रियताले एक वर्षमै ५ वटै वडाभवन र मुख्य प्रशासनिका कार्यालय निर्माण भई संचालनमा आएपछि सेवा लिने र दिने दुवै उत्साहित भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कार्कीले बताए ।

सन्दकपुर गाउँपालिकको मुख्य प्रशासनिक भवन हल सहित १४ कोठाको र सबै वडा कार्यालय भवन ५ कोठाका रहेका छन् । ल्याण्डलाइन फोनको सुविधा नभएको सन्दकपुर गाउँपालिकाका वडा भवन सँगै मुख्य प्रशासनिक कार्यालयमा जनप्रतिनधिको चुनावी एजेण्डा ‘फ्रि वाईफाई ’ कार्यान्वयनमा आएको छ । नेपाल टेलिकमसँगको सहकार्यमा फ्रि वाईफाईको व्यवस्था गरेपछि सन्दकपुर गाउँपालिका सरकार जनतालाई छिटोछरितो सेवा दिन सबै सेवा कम्प्युटरको माध्यमबाट प्रदान गर्ने योजनामा लागेको गाउँपालिकाका लेखा अधिकृत ललिबुङ्ग लामिछानेले बताए ।

भारतसँग सीमा जोडिएको, इलामको सबैभन्दा अग्लो र विश्वकै उत्कृष्ट पर्यटकीयस्थलमा पर्ने सन्दकपुर गाउँपालिकाले १२ महिना गाडि गुड्ने सडक पूर्वाधार विकासका लागि ग्राभेलिङ्गको कामलाई प्राथमिकता दिएको छ ।
एक वर्षमै गाउँपालिकालाई आवश्यक पर्ने सबै प्रशासनिक संरचना विकास गरेको गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्युत, खानेपानी, सडक र पर्यटन पूर्वाधारमा लगानी गर्दैछ । बजेटका हिसाबले पनि सबैभन्दा सानो रहेको सन्दकपुर गाउँपालिकाले आगामि चार वर्षमा बिजुली, सफा खानेपानी जनताका घरमा पुर्याउने र सडकलाई १२ महिना गाडि गुड्ने बनाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार