Local Sandesh मंगलबार, चैत्र ६ २०८०
  • ट्रेण्डिङ :

इलामका कवि विमल वैद्यको तेस्रो कृति अक्षर सिम्फोनी लोकार्पण

इलामका कवि विमल वैद्यको तेस्रो कृति अक्षर सिम्फोनी लोकार्पण

  • लोकल सन्देश
  • शुक्रबार, भाद्र १ २०७५


इलामका कवि विमल वैद्यको तेस्रो कृति अक्षर सिम्फोनी लोकार्पण

इलाम । इलामका कवि विमल वैद्यको तेश्रो कविताकृति अक्षर सिम्फोनीको लोकार्पण गरिएको छ । सर्वनाम थियटर, कालिकास्थानमा आयोजित कार्यक्रममा कविता कृति लोकार्पण गरिएको हो । समाराेहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। विष्णुविभू घिमिरे, नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक, वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, पत्रकार किशोर नेपाल, साहित्यकार मोमिलालगायत अन्य विशिष्ट व्यक्तित्वहरुको अातिथ्यता थियाे ।

अक्षर सिम्फोनीको लोकार्पण समारोहमा आफ्नो मञ्तव्य राख्दै पूर्वकुलपति काइँलाले कवि वैद्यलाई आफ्ना हीराजस्ता बहुमूल्य कविताहरु धेरै लुकाएर नराख्न अनुरोध गरे । मोफसलको साहित्यले राजधानीसम्म चुनौती पेस गर्न कवि वैद्यको सक्रियताले धेरै फरक पार्ने आशयपनि उनले व्यक्त गरे। समारोहमा आफ्नो विचार राख्दै साहित्यकार मोमिलाले कवि वैद्यको कविताले आफूलाई पागल बनाउने गरेको जिकिर गरिन् । कसैले लेखकको नाम छोपिदिंदापनि वैद्यको कविता भनेर मज्जाले चिन्नसक्ने हैसियतको साहित्यिक निकटता कविको कवित्वसंग रहेको कुरापनि उनले व्यक्त गरिन्। त्यस्तै, सञ्चारकर्मी किशोर नेपालले सबैसामु कवि वैद्यसंगको आफ्नो गहिरो मित्रताको चर्चा गरे।

लोकार्पण समारोहमा चर्चित साहित्यकारहरु प्राज्ञ श्रवण मुकारुङ, राजन मुकारुङ, उपेन्द्र सुब्बा, कुमार नगरकोटी, चन्द्रवीर तुम्बापो, असिम सागर, सुदेश सत्याल, नवराज पराजुली, सञ्चारकर्मी दिनेश डिसी, सङ्गीतकार पारस मुकारुङ, कानून व्यवसायी रविन्द्र भट्टराईलगायत समाजका प्रवुद्ध व्यक्तित्वहरु र साहित्यानुरागीहरुको उपस्थिति थियो।

कवि वैद्यको तेश्रो कविताकृति अक्षर सिम्फोनीलाई मञ्जरी पब्लिकेशनले बजारमा ल्याएको हो। यस कृतिभित्र उनका ४३ वटा पहिले नपढिएका कविताहरु राखिएका छन्। यसअघि कवि वैद्यका आकाश छुन खोज्ने मनहरु २०६० रुसमय र सपनाहरु २०७२ गरि दुई कविताकृति प्रकाशित छन् । पहिलो कृति बजारमा ल्याएर लामो सयम कृति बजारमा नल्याएका बैद्यले दोस्रो कृति प्रकाशित गरेको तीन वर्षपछि नयाँ कृति बजारमा ल्याएका छन् ।(सरलपाटीबाट)

प्रतिक्रिया
सम्बन्धित समाचार