Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

राँके-रबी-धनकुटा सडक कालोपत्रे प्रक्रिया अघि बढ्दै

राँके-रबी-धनकुटा सडक कालोपत्रे प्रक्रिया अघि बढ्दै

  • सन्देश सम्बाददाता
  • शुक्रबार, साउन २५ २०७५


राँके-रबी-धनकुटा सडक कालोपत्रे प्रक्रिया अघि बढ्दै

इलाम । सिफारिस भएको चार महिना पछि ऋण दिने भारतिय बैंकले ठेकेदार कम्पनीको प्रि-क्वालिफिकेसनमा छनौटमा सहमति दिएपछि राकेँ-भेडेटार सडक कालोपत्रे गर्ने कामको प्रक्रिया शुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पहिलो नेपाल भ्रमणका बहत सन् २०१४ मा ऋण संझौता भएअनुसार सडकको दूई चरणमा ठेकेदार कम्पनी छनौट गर्नेगरि पहिलो चरणको छनौटको काम सकिएको हो ।


जनताको लामो माग र जनप्रतिनिधिको दबाबपछि राँके भेडेटार सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको हो । पाँचथर, इलाम र धनकुटाका तीन लाख बढी गाउँबासीले प्रयोग गर्दै आएको राँके रबी धनकुटा सडक ९ दशक अघिबाट निर्माण शुरु भएको थियो । पूर्वी पहाडी जिल्लाको महत्वको सडक लामो प्रतिक्षापछि निर्माणको प्रक्रिया शुरु भएकाले दोस्रो चरणको काम पनि चाँडो सक्न स्थानीयबासी र जनप्रतिनिधिले माग गरेका छन् ।

डिपिआर निर्माण भएपनि काम अघि बढ्न नसकेको भन्दै चिन्तामा रहेका स्थानीयबासीमा निर्माण कम्पनी छान्नेगरि सुचना अवाहन भएपछि खुशियालि छाएको छ । सरकारले पाँचथरको राँकेदेखि धनकुटाको राजारानीसम्मको १ सय १ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का प्रक्रिया अघि बढेको हो । निर्माण कम्पनी छनौट भएको ३६ महिनामा सडक निर्माण सकिने लक्ष्य लिइएको छ ।


सात मिटर चौडा सडक निर्माणको काम एकै प्याकेजमा हुने सडक डिभिजन कार्यालय इलामले जनाएको छ । पूर्वी पहाडका तीन जिल्लाबासीलाई छिटो तराई जोड्ने यो सडक निर्माण भएमा इलाम, पाँचथर र धनकुटाका ३ लाख बढी जनसंख्याले प्रत्यक्ष फाइदा पुग्नेछ । निर्माण भएको ९ दशकमा पनि सडक स्तरउन्नती नहुँदा यस क्षेत्रका धेरै बासिन्दा बिरामी हुँदा समयमै उपचार नपाएर ज्यान समेत गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार