Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कर कार्यालयबाट गाउँमै पुगेर कार्यालय संचालनमा,उद्योगीलार्इ राहात

कर कार्यालयबाट गाउँमै पुगेर कार्यालय संचालनमा,उद्योगीलार्इ राहात

  • सन्देश सम्बाददाता
  • मंगलबार, साउन २२ २०७५


कर कार्यालयबाट गाउँमै पुगेर कार्यालय संचालनमा,उद्योगीलार्इ राहात

इलाम । ग्रामिण क्षेत्रका उद्योगी व्यवसायीहरुलाई सेवा पुर्याउने उद्धेश्यले करदाता सेवा कार्यालयले इलामका १० बटै स्थानीय तहमा घुम्ती शिविर संचालन गरेको छ । आफ्नो बार्षिक कार्यक्रम अनुसार कार्यालयले स्थानीय उद्योग वाणिज्य संघ, वित्तीय फर्मको समन्वयमा कर शिक्षा कक्षा सञ्चालनँगै कार्यलयको सेवा प्रदान गर्दै आएको हो ।
करको दायरा बाहिर रहेका उद्योगी व्यवसायीहरुलाई लक्षित गर्नुका साथै ग्रामिण तहमा कर कार्यालको पहुँच वृद्धिका लागी गाउँमै कार्यालय संचालन र सेचेतना कार्यक्रम संचालन गरिदै आएको हो ।


करदाता शिक्षा कार्यक्रममा फर्म, उद्योगको विवरण पेस, करको दर, कति समय अवधिमा कर बुझाउने, कर बुझाउँदाका फाइदा बारेमा जानकारी दिँदै सबै सेवा गाउँमै दिइदै आएको करदाता सेवा कार्यालय इलामका प्रमुख अमरबहादुर राईले बताउनुभयो ।
सानो पुँजी लगानी गरि उद्योग संचालन गर्दै आएका उद्यमी लक्षित गरि चालु आर्थिक बर्षमा इलामका १० वटै स्थानीय तहमा कर शिक्षा र कार्यालयको सेवा प्रदान गरिएको हो ।

माई नगरपालिकामा १५० जना करदाताहरुलाई सेवाप्रवाह गरी ५ लाख रुपैया भन्दा बढी कर संकलन गरिएको छ । त्यसैगरी देउमाइ नगरपालिकामा १४० जना सेवाग्राहीबाट साढे ४ लाख रुपैया संकलन भएको कार्यालयका अमरबहादुर राईले जानकारी दिए । अन्य क्षेत्रमा समेत ६० जना सेवाग्राही उपलव्ध भए घुम्ती शिविर संचालन गरिने राईले बताए ।


सोही कार्यक्रम अन्तरगत सुर्योदयनगर नगर उद्योग बाणिज्य संघको समन्वयमा सुर्योदय नगरपालिकाको पशुपतीनगर र फिक्कलमा घुम्ति शिविरको आयोजना गरिएको छ । पशुपतिनगरमा १ सय ९२ जना उद्योगीले सेवा लिएका छन् । जसमा १ सय ७० जनाले आय विवरण पेस गरेका थिए भने २२ जनाले अन्तःशुल्क सम्वन्धी सेवा लिएका थिए । पशुपतीनगरबाट ५ लाख ७५ हजार रुपैया राजस्व संकलन भएको थियो । यस्तै सूर्योदय नगरपालिकाको फिक्कलमा एक सय १० जना उद्योगीले सेवा लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार