फिक्कल । सुर्योदय नगरपालिकाको तेश्रो नगरसभाले पारित गरेको बजेट सार्वजनिक गरिएको छ । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगर प्रमुख रणबहादुर राई र प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख गणेश बरालले राजपत्रमा प्रकाशित ७८ करोड ७३ लाख ३६ हजार रुपैया बरावरको बजेट सार्वजनिक गरे । बजेट सार्वजनिक कार्यक्रममा नगरको विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्ति एवम संस्थाहरुलाई सम्मान गरिएको थियो ।
काे काे भए सम्मानित ?
सम्मानित हुनेहरुमा सवैभन्दा बढी कर बुझाउने सन्तोषकुमार पाण्डे, लामो समयसम्म अर्थोडक्स चिया उत्पादन गर्ने दिलिप सुव्वा, आर्गनिक व्यवसायीक खेती गर्ने कुलबहादुर राई, अभिभावककलाई राम्रो हेरचाह गर्ने हेमु गुरुङ, सामाजिक क्षेत्रमा काम गर्ने मंगलज्योती टोल विकास संस्था, महिला उद्यमी पिङगलादेवी बस्नेत, कन्याम चिया उत्पादक सहकारी संस्था, उत्कृष्ट विकास निर्माण गर्ने ऋषिमोड सडक उपभोक्ता समिती, उत्कृष्ट विद्यालय र शिक्षक जनक मावि, पुण्य स्मारिका आधारभुत विद्यालय, सनराइज बोडिङ, २०७४ को एसएसइमा सामुदायिक विद्यालयका उत्कृष्ट विद्याथी प्रतिक तिम्सिना र बर्षा पोखरेल रहेका छन ।

त्यस्तै संस्थागत विद्यालयका अविशेक श्रेष्ठ र सङगीमा राई, नगर पत्रकारिता पुरस्कार तोयानाथ भट्टराई, नगरपालिकाका इमान्दार कर्मचारी प्रकाश दुलाल र टंकबहादुर राई, रुपा राई, फिक्कल ट्राफिक इन्र्चाज दुर्गाबहादुर बस्नेत, उत्कृष्ट शिक्षक शेरबहादुर तामाङ, स्वास्थ्यकर्मी दुर्गा गौतमलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा वडा कार्यालय स्थापनाका लागी जग्गादाता र अन्य सहयोगी संस्थालाई समेत प्रशंसापत्र सहित सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा करुणा फाउन्डेसन, निहारिक बचत तथा ऋण सहकारी संस्था, जग्गादाताहरु हेमकुमारी प्रधान, लोकराज खडका, कल्पना राई, शेरबहादुर राई, तारमु तामाङ, आइभिन प्रधान, आइतमाया राई, राजकुमारी अधिकारी, मिन बहादुर राई, मोहन गुरुङ, थपकुमारी उप्रेती र गणेश रसिक रहेका छन । सम्मानितहरुलाई ५ हजार, १० हजार र २५ हजारको दरले नगद र सम्मानपत्र दिइएको थियो ।

सोही कार्यक्रममा शिक्षा विकास समन्वय इकाईले ८ जना शिक्षकहरुलाई जनही २ हजारको दरले पुरस्कृत गरेको छ । कार्यक्रममा जग्गादाता कल्पना राई, सम्मानित पत्रकार तोयानाथ भट्टराई, सुर्योदय महिला मञ्चकी सचिव साधन फागो, जनजाती आदिवासी नगर समन्वय परिषद अध्यक्ष सोनाम योल्मु, सुर्योदय नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष टिकाराम अधिकारी, संघिय समाजवादी फोरमका लिलाबहादुर सुनुवार, सिमा प्रशासन कार्यालय प्रमुख मोहन पनेरु र जिल्ला समन्वय समिती प्रमुख गणेश बराल र उपप्रमुख चित्रकला बराइलीले मन्तव्य राखेका थिए ।
कार्यक्रमको स्वागत नगर उपप्रमुख दुर्गादेवी भट्टराईले गरेकी थिइन । सो अवसरमा नगर प्रमुख राईले पशुपतिनगरमा १२ करोडको लागतमा वसपार्क निर्माण गर्ने, ल्याण्डफिल्ड निर्माणको काम शुरु गर्ने, सहकारी मार्फत चिया कारखाना खोल्ने सहकारीको व्याज वापतको रकम नगरपालिकाले व्यहोर्ने लगायतका कार्यक्रम सार्वजनीक गरे ।