इलाम । पुर्वी नेपालका सात जिल्लामा उन्नती समावेशि कार्याक्रम संचालन भएपछि किसान, उद्योगी र बजारीकरण गर्ने व्यवसायीका लागि बरदान सावित भएको छ । सन् २०१८ को अत्यसम्म संचालित उन्नती समाबेसी कार्यक्रमले सात जिल्लाको कृषि क्षेत्रमा एक अरब लगानी गरेको हो ।
पुर्वी इलामका डेरी उद्योगी तुलु तामाङ्ग बजारको माग घट्ने वित्तिकै चीज स्टोर गर्ने स्थान अभावले पिरोलिन्थे । उत्पादनको तुलनामा माग कम भएपछि चीज स्टोरका लागि झापाको विर्तामोड पुग्नुपथ्र्यो । तर, उन्नती समावेसि कार्यक्रमपछि तामाङ्गको लक्कि डेरीमा स्टोरको समस्या हट्नुका साथै प्रशोधनको क्षमता वृद्धि भएको छ ।
चिया उद्योगी काजिमान कागतेलाई उद्योगको भवन विस्तारमा लगानीको अभाव थियो । उन्नती कार्यक्रमबाट ५० प्रतिशत अनुदान पाएपछि अहिले सूर्योदय चिया उद्योगको भवन विस्तार भएको छ । पूर्वी नेपालका सात जिल्लामा डेनमार्क सरकारको सहयोगमा कृषि विकास मन्त्रालयले उन्नती समावेशि कार्याक्रम संचालन भएपछि किसान, उद्योगी र बजारीकरण गर्ने व्यवसायीका लागि बरदान सावित भएको छ ।
किसानलाई उत्पादनमा, उद्योगीलाई प्रशोधनको प्रवद्र्धन र व्यवसायीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारको पहुँजसम्म पु¥याउन अनुदान दिएपछि पुर्वी नेपालमा कृषिजन्य उद्योग स्थापनाको क्रम बढेको छ । सन् २०१४ बाट शुरु भएको उन्नती समावेशी कार्याक्रमबाट इलाममा मात्रै चिया क्षेत्रमा ५७, डेरीमा २९, अलैचीमा १५ र अदुवामा ३ वटा आयोजना मार्फत ४३ करोड ३० लाख लगानी भएको छ ।
गुणस्तरीय कर्चापदार्थ उत्पादन र प्रशोधनका लागि सीप, उद्योगको विस्तार तथा मेसिन औजार जडान र बजारीकरणमा सहयोग गरेपछि किसानदेखि उद्योगको क्षमता अभिवृद्धिसँगै गुणस्तरीय उत्पादन हुँदै आएको उन्नति समावेशि कार्याक्रमका
सामाजिक अर्थ विज्ञ केशव सिलवालले बताए ।
सन् २०१८ को अत्यसम्म संचालित उन्नती समाबेसी कार्यक्रमले डाइरेक्ट सपोट र उन्नती च्यालेन्ज फण्ड मार्फत पुर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ्ग, तेह्थुम, धनकुटा, भोजपुर र संखुवासभाको कृषि क्षेत्रमा एक अरब अनुदान लगानी गरेको छ ।
इलाममा उन्नतीको लगानी
उन्नती समावेशि कार्याक्रमको कृषि क्षेत्रमा सबैभन्दा बढी लगानी इलाममा भएको छ । सात जिल्ला १ सय ५९ आयोजना मध्ये इलाममा १ सय ४ वटा इलाममा रहेको छन् । चिया क्षेत्रमा ५७, अदुवामा ३, डेरी क्षेत्रमा २९ र अलैची क्षेत्रमा १५ वटा योजना कार्यान्वयनको अन्तिम चरणमा छन् । उन्नतीबाट अर्थोडक्स चियामा २९ करोड ८० लाख ३३ हजार ९ सय ३५ बजेट स्वीकृत भएको थियो । यी योजनाको कार्यान्वयन पक्षमा ९० प्रतिशत र आर्थिक प्रगति ७४ प्रतिशत रहेको सामाजिक अर्थ विज्ञ केशव सिलवालले बताए । अर्थोडक्स चिया क्षेत्रका ५७ योजना मध्ये २० उद्योगले ढुवानीका लागि गाडि खरिद गरेका छन् भने ५४ उद्योगको भवन स्तरउन्नती तथा निर्माण गरेका छन् ।
रोलर, हिटर, डायर, सटिङ्ग मेसिनमा ५० प्रतिशत प्रदान गरिने यस कार्यक्रममा ५५ उद्योगले प्रविधि जडान गरेको पाइन्छ । अर्थोडक्स चिया क्षेत्रका १५ वटा उद्योग तथा सहकारीले अर्गानिक चिया उत्पादन र प्रमाणिकरणका लागि काम गरेका छन् भने २ उद्योगले ‘रेन फरेस्ट हार्बेस्ट’ योजना कार्यान्वयनमा छन् ।
डेरी क्षेत्रमा उन्नती समावेशी कार्यक्रमबाट इलाममा ९ करोड १३ लाख ६३ हजार ६ सय ४७ रुपैयाँ लगानी भएको छ । डेरी क्षेत्रमा चीज र छुर्पी उत्पादन गर्ने उद्योगका योजना स्वीकृत भई लगानी भएको हो ।
भवन निर्माणमा २५ र मेसिन औजारमा २८ वटा डेरी उद्योगको योजना स्वीकृत भएको थियो । डेरी उद्योगले प्रविधि अन्तरगत चिलिङ्ग भ्याट, चीज भ्याट र प्रेस मेसिन खरिद गरेका छन् । अदुवा क्षेत्रमा स्वीकृत भएका ३ योजनामा ६० लाख ७२ हजार २ सय ६४ को बजेट स्वीकृत गरेको थियो । जसबाट अदुवा प्रशोधन र गुणस्तरीय उत्पादनका काम भएका छन् ।
इलामको अलैची क्षेत्रमा तीन करोड ७५ लाख ७५ हजार १ सय ३८ रुपैयाँ लगानी भएको छ । १५ उद्योग मार्फत लगानी भएको अलैची क्षेत्रमा १४ वटा उद्योगले नेट हाउस निर्माण, १४ उद्योगले मेसिन औजार खरिद गरि बेर्ना उत्पादन गर्दै आएका छन् ।
इलाममा १६ हजार किसानलाई तालिम
कच्चापदार्थको उत्पादनदेखि बजारीकरणसम्म समेटेर लगानी गरिएको उन्नती च्यालेण्ड फण्ड मार्फत १६ हजार ८ सय ७८ जना किसानले बिषयगत तालिम पाएका छन् । उन्नती समावेशी कार्यालय इलामका अनुसार अलैचीमा ३ हजार १ सय ८०, डेरी क्षेत्रबाट ५ हजार ३ सय ३८, अदुवामा ४ सय ५० र चिया क्षेत्रमा ७ हजार ८ सय ७० किसानले गुणस्तरीय उत्पादनको बारेमा तालिम पाएका छन् ।
‘डाइरेक्ट्र सपोट’बाट कृषक पाठशाला
उन्नती समावेशी कार्यक्रम अन्तरगत किसानलाई खेती प्रणालिको बारेमा तालिम दिन कृषक पाठाशाला संचालन गरेको छ । अदुवाका २३, अलैचीका १८ र डेरीका ५ सहकारीमा आवद्ध किसानलाई कृषक पाठशाला संचालन गरि सीप प्रदान गरिएको थियो ।
२१ लाख ५९ हजार ६ सय खर्च गरि अदुवा खेत ीगर्ने ६ सय ९० किसानलाई आईपिएम प्रविधिबाट अदुवा खेती गर्ने तरीका सिकाइएको थियो । यस्तै अलैची क्षेत्रमा ३३ लाख रुपैयाँ खर्च गरि ५ सय ४० किसानलाई अलैची खेती प्रणालीको तालिम प्रदान गरिएको छ । डेरी क्षेत्रमा ५ सहकारीमार्फत १८ लाख ५० हजार खर्च गरि १ सय २५ जना पशुपालक किसानलाई तालिम प्रदान गरेको छ । डाइरेक्ट्र सपोट मार्फत किसानलाई विषय अन्तरगत तालिम प्रदान सँगै माटो परिक्षण, भण्डारण, बिऊका बारेमा जानकारी दिइएको उन्नती समावेशी कार्यक्रमका सामाजिक अर्थ विज्ञ केशव सिलवालले बताए ।