Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

एसियन करातेमा कास्य विजेता झापाकी एस्तर नगद एक लाख सहित सम्मानित

एसियन करातेमा कास्य विजेता झापाकी एस्तर नगद एक लाख सहित सम्मानित

  • नमीन ढकाल
  • शुक्रबार, साउन ११ २०७५


एसियन करातेमा कास्य विजेता झापाकी एस्तर नगद एक लाख सहित सम्मानित

इलाम । गुरु पुर्णिमाको अबसरमा बालाजु कराते डो प्रतिष्ठान नेपालले २०१८ मा भएको १७ औ यु-२१ एशियन कराते प्रतियोगितामा पहिलो कास्य पदक बिजेता झापाकी एस्तर राईलाई सम्मानित गरेको छ । प्रतिष्ठानले राईलाई नगद १ लाख ५ रुपैया नगद सहित सम्मानित गरेको हो ।

नगद र सम्मान पत्र नेपाल ओलम्पिक कमिटिका मानार्थ अध्यक्ष तथा राष्ट्रिय ओलम्पिक एकाडेमी नेपालका अध्यक्ष ध्रुब बहादुर प्रधानले प्रदान गरेका थिए । त्यसैगरी २०१८ जुलाई २० देखि २२ सम्म बैककमा भएको थाईल्याण्ड ओपन कराते प्रतियोगितामा सिनियर विधामा पदक बिजेता खेलाडीहरु मनिष थापा क्षेत्री, विजय श्रेष्ठ, राजिव पुडासैनी, नबिन रसाइलीलाई समेत सम्मान गरिएको थियो ।

सो कार्यक्रमलाई मकाउमा रहेका बालाजु कराते डो प्रतिष्ठानका पूर्व महासचिब राजन खत्री, प्रतिष्ठान कै खेलाडीहरु( शंकर धमला,रबिन्द्र चौधरी, मुकेश बरुवाल,आदर्श धमलाबाट रु.५०,००० र अमेरिकामा रहेका सुनिल लामाले रु २०,००० सहयोग पठाएको बालाजु कराते डो प्रतिष्ठानका अध्यक्ष ध्रुव बिक्रम मल्लले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार