Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुकेनिन्दामा पुल निर्माण अनिश्चितताले समस्या भोग्दै स्थानिय

सुकेनिन्दामा पुल निर्माण अनिश्चितताले समस्या भोग्दै स्थानिय

  • गोविन्द पौडेल
  • बुधबार, साउन ९ २०७५


सुकेनिन्दामा पुल निर्माण अनिश्चितताले समस्या भोग्दै स्थानिय

रोङ । इलामको रोङ गाँउपालिका–५ को सुकेनिन्दामा निमार्णधिन काठेपुल बन्न नसक्दा सर्बधारणको बषौदेखिको समस्या भोग्न बाध्य छन । साबिक इरौटार ७ र ८ जोड्ने सुकेनिन्दामा पुल बनाउन माग आएपछि रोङ गाउपालिकाको पचास हजार र बाकी बरबोटे सामुदायिक बन समुह इरौटार र स्थानिय बासीहरुको लगानीमा बनाउन थालिएको थियो ।

चारवटा सालको खम्वा लगाएर नब्बे फिट लामो र बार सहित ६ फिट चौडाइको काठेपुल निमार्णको लागि बरबोटे सामुदायिक बनले निर्णय गरेर काठ काट्न तैयारी गरेको अवस्थामा प्रहरीले उक्त काठ बरामद गरि इलाका वन कार्यलयमा बुझाएपछि पुल निर्माण रोकिएको निर्माण समितिका अध्यक्ष गौतम राइले बताए ।

प्रहरीले काठ बरामद गरेसगै सोही गाउँका स्थानिय लिलाराज राइले घर नजिकै राखेको ट्रली नभएको एक टयाक्टर पनि सो काठ ओसारपसारमा रहेको आसंकामा बरामद गरेको थियो । तर दुइदिन पछि टयाक्टर खाली अवस्थामा नै लगेपछि आफुहरु छक्क परेको अध्यक्ष राईले बताउनुभयो । यस बारेमा पत्रकार गोविन्द पौडेलले प्रहरी चौकी इरौटारका प्रहरी सहायक निरिक्षक खम्व बहादुर बिश्वकर्मा बुझदा उक्त दिन मुचुल्का गर्दा भेटीएको ट्याक्टर टली नभएको अवस्थामा नै रहेको र दुइदिन पछि खाली अवस्थामा नै वन कार्यलयमा बुझाइएको बताए ।

यता बरबोटे सामुदायिक बन समितीले भने प्रकृयामा केही कमजोरी भएपनि बिकास निमार्णका लागि नै रुख काटीएको बताएको छ । प्रहरीले बरामद गरेको टयाक्टर पुल निर्माणको काठ ओसार्न प्रयोग नभएको वन समितीका अध्यक्ष प्रताप राईले जानकारी दिए । पक्राउ गरिएको टयाक्टर लिलाराजले सधै त्यहि राख्ने गरेको राईले बताए ।

पुल निर्माणको लागी समितीको बैठक बसेर निर्णय गरिएको भएपनि जिल्ला वन कार्यालय र जिल्ला प्रशासन कार्याललाई जानकारी गराउन ढिलो भएको अध्यक्ष राईले बताए । पुल नहुँदा मालबासे सुनपानी ,बरबोटे लगायत अन्य आसपासबाट बहुबन मा.बि जाने बिद्याथीहरु , इरौटारबाट झापा ओहोरदोहोर गर्ने नागरिकहरु र साप्ताहिक हाट लाग्ने बेसीबजारका क्रेता बिक्रेताहरुले समस्या भोगिरहनुपरेको छ ।

टोलबाट नै माग गरि सहभागिताको आधारमा पुल निमार्ण गर्न लागेको निमार्ण समितिका सचिव गोपाल खतिवडाको बताए । टम्पो समेत गुडाउन सकिने भनिएको पुल निमार्णको काम सत्तरी प्रतिसत सकिएर करिव तीस फिटजतीको भागमा काठ बिच्छाएर बार लगाउन र दुबैतिर मुखमा बाटो जोड्न मात्र रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार