हर्कटे । सुयोदय नगरपालिकाले हर्कटेबजारको समस्याहरुको बारेमा एक अध्ययन अनुगमन टोली निमार्ण गरेपछि सोमबार स्थलगत अनुगमन गरि नगरपालिकासमक्ष प्रतिबेदन पेश गरेको छ ।
सुयोदय नगरपालिका र रोङ गाउपालिकाको सिमामा रहेको पूर्वको ब्यपारिक केन्द्र बिस्तार हुदै आएको हर्कटे बजारमा जनप्रतिनिधिले गरेका काममा स्थानिय बासीहरुले लामो समयसम्म लगातार असंतुष्टि जनाएपछि अध्ययन अनुगमन टोली निर्माण गरेर समस्या समाधानको प्रयास थालिएको हो ।
हर्कटे–तारगाउ मोटरबाटो बिस्तार गर्दा आएको समस्या , खानेपानीमा आएको समस्या ,हर्कटे–तारगाउ–जिर्मले सडक बिस्तार गर्दा आएको समस्या र साप्ताहिक हटिया स्थान लगायतको समस्या आएर स्थानियबासीहरु ,ब्यपारी र जनप्रतिनिधिहरु बिच सम्बन्ध चिसिदै गएपछि सुयोदय नगरपालिकाको गत असार ३२ गतेको निर्णयनुसार वडा नं ५ का वडाध्यक्ष प्रेम तामाङ , वडा नं ७ का वडाध्यक्ष लेखनाथ खड्का , वडा नं १३ का वडाध्यक्ष धन बहादुर राइ , वडा नं १४ का वडाध्यक्ष नर बहादुर सुबेदी नगरपालिकाको इन्जिनियर द्धय सिजन गदाल र दिपेश आचार्य र स्थानियबासीहरु सहितको टोलीले स्थलगत रुपमा बिबादस्त स्थलहरुको अनुगमन गरि प्रतिबेदन समेत तयार गरेको अनुगनम टोलीका सदस्य तथा बडा नं ५ का वडाध्यक्ष तामाङले बताए ।

लोकल सन्देश अनलाइन र अन्य संचारमाध्यममा लगातार समाचार प्रसारण भएपछि अनुगमन टोली गठन भएपछि अनुगमनको क्रममा सडक निमार्णले हर्कटे बजारमा आपवूर्ति गरिदै आएको खानेपानीका तीनवटा ट्याङ्की तुरुन्तै संरक्षण गरिनु पर्ने ,हर्कटे तारगाउ सडकको माथिल्लोपट्टी धाजा फाटेकोले पहिरोको जोखिममा रहेको र अवरुद्ध सडक संचालन गरिनकोलागि प्रबिधिक अध्ययन गरिनु पर्ने ,हर्कटे तारगाउ, जिर्मले सडक को डि.पी आरमा एकरुपता हुनुपर्ने ,हटिया स्थलमा देखिएको समस्या स्थानियबासीहरु र सरोकारबलाहरु बसेर समाधान गरिनु पर्ने देखिएको छ भने हर्कटे जिर्मले सडकलाइ प्रहरी चौकीको आसपासबाट बिस्तार गरि हर्कटे तारगाउ सडकलाइ दुग्ध उद्योगबाट तारगाउतिर बिस्तार गरि हटिया स्थल र हर्कटे बजारको संरक्षण र संबर्धन गरिनुपर्ने स्थानियबासीहरुको माग रहेको वडा नं ७ का वडाध्यक्ष लेखनाथ खड्काले बताए ।
बिबादस्त बनेको वडा नं ६ वडाध्यक्ष शिबबहादुर बस्नेत र अन्य सदस्यहरु नरहेको टोली गठन गरि सुयोदय नगरपालिकाले नागरिकहरुको गुनासो सुनिदिएकोले आफुहरु नगरपालिकाप्रति आसाबादी बनेको स्थानिय इश्वरी बरालले बताए । नगर पालिकाले स्थलगतरुपमा बिज्ञ सहितको अध्ययन टोली बनाएर सरोकारवला नागरिकहरुसग आउनु सकरात्म भएको र अव बास्तबिकता बुझेर काम गरेमा आफुहरु नगरको काममा सधै साथ दिने अर्का स्थानि तथा ब्यपारी दुर्गाराज निरौलाको भनाइ रहेको छ ।