फिक्कल । सुर्योदय नगर उद्योग वाणिज्य संघले प्रदेश नं एक स्तरिय महासंघको सदस्यता प्राप्त गरेको छ । गत बुधवार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर एक को ३२ औ सदस्यको रुपमा सुर्योदयले सदस्यता प्राप्त गरेको अध्यक्ष प्रमोद राईले बताए ।
नेपाल उ्रद्योग वाणिज्य महासंघले देश संघीय संरचनामा गईसकेपछि सोहि अनुरुप सातै प्रदेशमा इकाइ गठन गरि सदस्यता प्रदान गर्न थालेपछि सुर्योदय नगर उद्योग वाणिज्य संघले सदस्यता लिएको राईले बताए ।
गत चैत्रमा संघियता अनुरुप महासंघले प्रदेश नम्बर एकमा कार्यालय खोलेपछि आवद्धता हुने क्रम तिव्र रुपमा बढकोे छ । महासंघको सदस्यता प्राप्त भएपछि प्रदेशभरीका उद्योग एवम व्यवसायीहरुको हित हुने अपेक्षा गरिएको राईले बताए ।