भद्रपुर । झापाको भद्रपुर नगरपालिका २ पृथ्बीनगर निवासी दिपा विश्वकर्मा अन्जु बोनम्यारो (रगत क्यान्सर ) बाट पिडित भएकी छ्न । पृथ्बी नगर स्थित ज्ञान सरोवर निकेतन माबिमा कक्षा १२ मा निशुल्क छात्रवृद्धिमा अध्यनरत उनी बिगत ३ महिना देखि बोनम्यरो बाट पिडित बनेकी उनको हाल धरान स्थित बिपि कोइराला स्वास्थिय बिज्ञान प्रतिष्ठानका चिकित्सकको निगरानीमा उपचार भइ रहेको ज्ञान सरोवर निकेतन माविका शिक्षक राजु बरालले जानकारी दिए ।
उनको शरीर मा रगत को उत्पादन हुन नसक्दा प्रत्येक १५ , १५ दिन मा उनलाई रगत दिने गरिएको छ । उनको पुरै उपचारका लागि लागि भारतको भैल्लोर वा दिल्ली लैजान चिकित्सक हरु ले सुझाब दिएको बिरामी कि भाउजू राधिका बिस्वकर्मा ले बताइन । उनको उपचार को लागि रु २० देखि २५ लाख सम्म लाग्ने भएको र आर्थिक अवस्था कमजोर भएकाले सरकारी तथा गैर सरकारी सङ सस्था , राजनितिक दल , नागरिक समाज , पत्रकार लगायत सबै लाई सहयोग गर्न परिवार जन ले आग्रह गरेको छ ।
यसै बिच दिपा को उपचार को लागि समाज सेबि शिव कुमार राजभन्डारीकाे संयोजकत्वमा ९ सदस्यीय आर्थिक सहयोग संकलन समितिनै गठन गरिएको छ । उनलाई सहयोग गर्नका लागि बचाऊ आर्थिक संकलन समितिको सानाकिसान कृषि सहकारीको पृथ्वीनगरको खाता नम्बर ००२००१०६८ बैक खाता समेत खोलिएको छ र समिती ले सहयोग पुर्याउन अनुरोध गरेको छ ।