Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पुर्व उपविजेता टोलीहरु फाइनल प्रवेशका लागी भिडदै

पुर्व उपविजेता टोलीहरु फाइनल प्रवेशका लागी भिडदै

  • नमीन ढकाल
  • शनिबार, बैशाख १५ २०७५


पुर्व उपविजेता टोलीहरु फाइनल प्रवेशका लागी भिडदै

इलाम । इलाममा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनल प्रवेशका लागी विभागीय टिम एपिएफ र रुस्लान थ्रीस्टार आमनेसामने हुँदैछन । ठुलो टुडिखेलमा अपराहन्न ३ बजेपछिबाट सुरु हुने खेलमा यि २ टोली माइभ्याली गोल्डकपका उपविजेता समेत हुन ।

थ्रीस्टार पहिलो संस्करणको माइभ्याली गोल्डकपमा त्रिभुवन आर्मीसंग सडनडेथमा पराजित बन्दै उपविजेता बनेको थियो भने एपिएफ दोश्रो संस्करणमा झापासंग पराजित बन्दै उपविजेता बनेको हो ।

सन २०१८ को सिजनमा एपिएफ र थ्रीस्टार पाँचौ पटक भिडने लागेका हुन । पछिल्लो ४ भेटमा ३ खेलमा थ्रीस्टार बिजयी भएको थियो । नारायणघाटमा सम्पन्न १३ औ विकास रनिङ शिल्डमा भने एपिएफ १–० ले बिजयी बन्दै उपाधी चुम्न सफल भएको थियो ।

झापामा सम्पन्न तेश्रो रमपम झापा गोल्डकपको थ्रीस्टारसंग १–० ले पराजित बन्दै एपिएपm क्वाटरफाइनलबाट बाहिरिएको थियो । १६ औ आहारारा गोल्डकपमा समेत ट्राइबेकरमा ५–३ ले हराउँदै थ्रीस्टार सेमीफाइनल प्रवेश गरेको थियो ।

थ्रीस्टार विमल घर्ती मगर, निराजन खडका, सुनिल बल, एलन न्यौपाने, ३ जना विदेशी खेलाडी सहित मैदान उत्रदैछ भने एपिएफको तर्फबाट रञ्जन बिष्ट, रुपबहादुर लामा, नविन लामा, आदित्य चौधरी, युवराज खडका लगायतका खेलाडीहरु सहभागी हुँदैछन । यसअघि शुक्रवार पहिलो सेमीफाइनलमा विभागीय टिम त्रिभुवन आर्मीको चुनौती १–० ले पन्छाउँदै मनाङ मस्याङदी फाइनल प्रवेश गरिसकेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार