इलाम । इलाममा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको पहिलो सेमीफाइनलमा उपाधीका दावेदार विभागीय टिम त्रिभुवन आर्मी र मनाङ मस्याङदी आमनेसामने हुँदैछन । इलामको ठुलो टुडिखेलमा अपराहन्न ३ बजेपछि हुने खेल सुरु हुनेछ ।
पछिल्लो पटक सन २०१८ को हालसम्मको अवधीमा यि दुई टोली ४ पटक आमनेसामने भएका थिए जस्मा ३ पटक सेमीफाइनल भेटमा आर्मीेले विजय हासिल गरेको थियो भने एउटा प्रतियोगितामा सेमीफाइनल प्रवेशका लागी मनाङ हावी भएको थियो । यस सिजनमा दोश्रो खप्तड गोल्डकपमा पहिलो भेटमा आर्मीले खेल ३–१ ले जित्दै फाइनल प्रवेश गरेको थियो ।
तेश्रो हेटौडा गोल्डकपमा समेत आर्मी १–० ले बिजयी बन्दै फाइनल प्रवेश गरेको थियो । तेश्रो रमपम झापा गोल्डकपको फाइनल प्रवेशका लागी आर्मीले मनाङलाई समान १–० ले नै पराजित गरेको थियो ।
यि दुई टोलीबिचको अन्तिम पटक भेट २० औ तिलोतमा गोल्डकपको सेमीफाइनल प्रवेशका लागी भएको थियो जस्मा आर्मी ३–० ले पराजित बनेको थियो । २०१७ डिसेम्बरमा सम्पन्न तेश्रो काकडभिट्टा गोल्डकपको उपाधी भेटमा आर्मी ट्राइबेकरमा ३–२ ले बिजयी बनेको थियो ।
मनाङ नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जनको नेतृत्वमा अन्जन बिष्ट, बिशाल श्रेष्ठ, बिशाल राई बी, हेमन गुरुङ, सुजल श्रेष्ठ सहित मैदान उत्रदैछ भने आर्मी राष्ट्रिय टिमका उपकप्तान भरत खवासको नेतृत्वमा नवयुग श्रेष्ठ, विकेश कुथु, जर्जप्रिन्स कार्की, यु–१९ का सुमन अर्याल, दिनेश हेम्जन सहित मैदान उत्रदैछ ।
आर्मी युनाइटेड सिक्किमलाई ३–१ गोल अन्तरले हराउँदै सेमीफाइनल प्रवेश गरेको हो भने मनाङ आयोजक माइभ्याली फुटबल क्लबलाई १–० ले हराउँदै सेमीको यात्रा तय गरेको हो ।