Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

कोलकत्तालाई हराउँदै पुलिस क्वाटरफाइनलमा

कोलकत्तालाई हराउँदै पुलिस क्वाटरफाइनलमा

  • सन्देश सम्बाददाता
  • आइतबार, बैशाख ९ २०७५


कोलकत्तालाई हराउँदै पुलिस क्वाटरफाइनलमा

इलाम । इलाममा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको क्वाटरफाइनल समिकरण पुरा भएको छ । पाहुना टोली दुर्गापुर स्टिल कोलकत्तालाई ३–१ गोल अन्तरले पराजित गर्दै विभागीय टिम नेपाल पुलिस क्लब बिजयी भएसंगै क्वाटरफाइनल भिडने टिम पक्का भएको हो ।

पुलिसको जितमा रेजिन सुव्वा, सुमन लामा र रवि पासवानले गोल गरे । खेलको ३६ औ मिनेटमा सव्स्टिच्युटका रुपमा मैदान छिरेका रेजिनले निरकुमार राईको क्रस पासलाई जाली चुमाएका थिए । पुलिसको अग्रता लामो समयसम्म टिक्न सकेन । पहिलो हाफको इन्जुरी समयमा कोलकत्ताका सगुनले फ्रिकिक मार्फत गोल गर्दै खेल बरावरीमा ल्याएका थिए ।

त्यसैगरी दोश्रो हाफको अतिरिक्त समयमा कोलकत्ताका इमानुयलले डि एरियामा निरकुमार राईलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै सुमन लामाले पोष्टको दिशा दिएका थिए । अतिरिक्त समयमा रेजिन सुव्वाको क्रसलाई सदुपयोग गर्दै रबि पासवानले गोल गर्दै पुलिसको जित सुनिश्चि गरे । खेलको म्यान अफ दि म्याच पुलिसका रेजिन सुव्वा घोषित भए ।
प्रतियोगिता अन्र्तगत सोमबार पहिलो क्वाटरफाइनलमा आयोजक माइभ्याली फुटबल क्लबले उपाधीको दाबेदार मानिएको मनाङ मस्याङदीको सामना गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार