Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

कावरान प्रगती संघ बंगलादेशलाई हराँउदै एपिएफ क्वाटरफाइनलमा

कावरान प्रगती संघ बंगलादेशलाई हराँउदै एपिएफ क्वाटरफाइनलमा

  • सन्देश सम्बाददाता
  • शुक्रबार, बैशाख ७ २०७५


कावरान प्रगती संघ बंगलादेशलाई हराँउदै एपिएफ क्वाटरफाइनलमा

इलाम । बंगलादेशको कामारन प्रगती संघलाई ३–१ गोल अन्तरले हराउदै विभागीय टिम शसस्त्र प्रहरीको एपिएफ क्लब इलाममा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

विपक्षी टिमलाई निरन्तर दबाबमा राखेकोे खेलको १० औ मिनेटमा युवराज खडकाले बाँया बार च्याप्दै गोल गरेर एपिएफलाई शुरुवाती अग्रता दिलाएका थिए । खेलको ३५ औ मिनेटमा रुप बहादुर लामाले क्रस बारमा लागेर फर्केको बललाई हेड मार्फत गोल गर्दै एपिएफको अग्रता दोव्वर बनाए । दोश्रो हाफको तेश्रो मिनेटमा कप्तान नविन लामाले गोल गर्दै आफनो टिमलाई ३–० को अग्रता दिलाए । ३ गोलले पछि परेको पाहुना टिम कामारनका अल्मागिरले विपक्षी टिमको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै खेलको ७८ औ मिनेटमा सान्तवना गोल फर्काए ।

खेलमा दुवै टिमले पाएका आधा दर्जन अवसरहरुलाई सदुपयोग गर्न सकेनन् । एपिएफका मिडफिल्डर रुपबहादुर लामा खेलको म्यान अफ दि म्याच घोषित बन्दै नगद १० हजार प्राप्त गरे । कामारन विरुद्धको बिजयसंगै एपिएफले सेमीफाइनल प्रवेशका लागी बैशाख–११ गते रमपम झापा–११ को सामना गर्नेछ । शनिवारको खेलमा सिएमजी संकटाले पाहुना टोली सिक्कीम–११ को सामना गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार