Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रदेश-१ मा सार्वजनिक बिदा दुई दिन थप

प्रदेश-१ मा सार्वजनिक बिदा दुई दिन थप

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र २९ २०७४


प्रदेश-१ मा सार्वजनिक बिदा दुई दिन थप

विराटनगर :  प्रदेश-१ सरकारले केन्द्र सरकारले कटौती गरेको सार्वजनिक बिदामा दुईदिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बिदासम्बन्धी निर्णय गरेको हो।

थप बिदामा आदिवासी जनजाति दिवस र हिन्दूको चाड जनैपूर्णिमा रहेको छ। यस्तै, मन्त्रिपरिषद्को बैठकले छठ पर्वका दिन पनि प्रदेशभरि बिदा दिने निर्णय गरेको छ। केन्द्र सरकारले भने छठ मनाउने जिल्लाहरूमा मात्रै बिदा दिने निर्णय गरेको थियो।

यस्तै, मन्त्रिपरिषद्को बैठकले गाउँसभा र नगरसभा सञ्‍चालन कार्यविधि सम्बन्धमा व्यवस्था गर्नका लागि बनेको विधेयक र प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरणका विधेयक पनि पारित गर्दै प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बैठकले प्रदेशको राजपत्र प्रकाशित गर्ने निर्णय पनि गरेको छ। उक्त राजपत्रमा सरकारको अध्यादेश, ऐनहरू, नियमावली र सूचना क्रमशः पहिलो, दोस्रो र तेस्रोमा प्रकाशित गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार