इलाम : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शहीद भूमिलाई नमुना गाउँ बनाउने निर्णय चाँडै कार्यान्वयन हुने बताएका छन्। ३९औँ स्थापना दिवसको अवसरमा रत्नकुमार बान्तवाको घर चित्रेचमैतामा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकार गठन हुनेबित्तिकै गरिएका निर्णय कार्यान्वयन गर्न आफू लागिरहेको बताए।
मुख्यमन्त्री राईले प्रदेश १ लाई आर्थिक रूपमा समृद्ध प्रदेश बनाउने पनि बताए। ‘यो प्रदेशमा भौगोलिक, जातीय विविधतासँगै आर्थिक समृद्धिका आधारहरू पर्याप्त छन्’, मुख्यमन्त्री राईले भने, ‘यसैले हामी प्रदेश १ लाई नमुना प्रदेश बनाउनेछौँ।’ विज्ञहरूको सहयोगमा प्रदेश १ लाई समृद्ध प्रदेश बनाउनका लागि नीति र योजना बनाउने काम गरिरहेको उनले बताए।
कार्यक्रममाआधा दर्जन लेखकहरूलाई सम्मान गरिएको थियो। उक्त कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्य प्रदीप नेपाल, प्रगतिशील लेखक संघका मात्रिका पोख्रेल, राष्ट्रियसभा, प्रदेशसभाका सांसदहरूको पनि उपस्थिति थियो।