इलाम । इलामको माङ्सेबुङ्ग गाउँपालिका वार्ड नं ६ बाट स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रदीप साङ्पाङ्ग एमालेमा प्रवेश गरेका छन् ।
बुधबार एक कार्यक्रममा वडाध्यक्ष साङ्पाङ्ग काङ्ग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष एवम् प्रदेश सभा सांसद राम राना, प्रदेश कमिटी सदस्य जयप्रकाश राई, जिल्ला कमिटी कार्यालय सचिव नवराज शंकर लगायतले पार्टीमा प्रवेश गरेका हुन् ।