Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

कटारी गोल्डकप झापा ११ को पोल्टामा

कटारी गोल्डकप झापा ११ को पोल्टामा

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र १७ २०७४


कटारी गोल्डकप झापा ११ को पोल्टामा

उदयपुर । उदयपुरको कटारीमा जारी चौथौ कटारी मेयर गोल्डकपको उपाधि झापा ११ हात पारेको छ । शनिबार फाईनलमा संकटालाई टाईपब्रेकरमा २ का विरुद्ध ४ गोल गर्दै झापा ११ ले उपाधिसँगै नगद ५ लाख हात पार्यो । उपविजेता संकटाले नगद २ लाख ५१ हजारमा चित्त बुझायो ।

टाईपब्रेकरमा झापाका कर्ण लिम्बु , देबेन्द्र तामाङ्ग , विशाल गुरुङ्ग , र प्रबेश गुरुङ्गले गोल गरे । संकटाका लागि हेम थापा मगर र सौजन राईको प्रहार मात्रै गोलमा परिणत भएपछि ४–२ अन्तरले झापाले उपाधि उचालेको हो । संकटाका अनिल गुरुङ्गको प्रहार झापाका गोल रक्षक मनोज प्रधानले सहजै नियन्त्रणमा लिए भने नविन गुरुङ्गको प्रहार बाहिरियो । झापाका योगेश गुरुङ्गको प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले नियन्त्रणमा लिए ।

खेल अवधिमा दुवै तर्फबाट गोल हुन सकेन । निर्धारित समयमा गोल हुन नसकेपछि थप गरिएको १५ मिनेटमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको नतिजा टाईपब्रेकरबाट निकालिएको हो ।

गोल्डकपको उत्कृष्ट खेलाडी झापाका विकाश गुरुङ्ग भए उनले माउन्टेन साईकल प्राप्त गरे । त्यसैगरी उदियमान खेलाडी कटारी ११ का प्रताप राई भए उनले नगद ५ हजार प्राप्त गरे । उत्कृष्ट गोलकर्ता संकटाका टम्पी अनेष्ट भए । उनले एकथान मोवाईल हात पारे ।

म्याच अफ सिरिन्च झापाका निशान्त खड्का भए । उनले नगद ५ हजार हात पारे । उत्कृष्ट गोल रक्षक झापका मनोज प्रधान, उत्कृष्ट डिफेन्स संकटाका सुरज विश्वकर्मा र उत्कृष्ट मिडफिल्डर संकटाका विश्व अधिकारी भए उनीहरुलाई क्रमश ः एक एक थान मोवाईल प्रदान गरियो ।

गएको शनिबारदेखि सुरु गोल्डकपमा डिभिजन लिग खेलिसकेका टिमहरु सहित ८ टिमको सहभागिता रहेको थियो । प्रथम कटारी गोल्डकप पनि झापा ११ लै कब्जा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार