Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

निजी क्षेत्रको अधिवेशनमा सरकार अनुपस्थित दुर्भाग्य : नीजि क्षेत्रका अगुवा

निजी क्षेत्रको अधिवेशनमा सरकार अनुपस्थित दुर्भाग्य : नीजि क्षेत्रका अगुवा

  • सन्देश सम्बाददाता
  • शनिबार, चैत्र १७ २०७४


निजी क्षेत्रको अधिवेशनमा सरकार अनुपस्थित दुर्भाग्य : नीजि क्षेत्रका अगुवा

फिक्कल । निजी क्षेत्रको छाता संगठनको अधिवेशनमा स्थानीय सरकारको प्रतिनिधि अनुस्थिति हुनुलाई निजी क्षेत्रका अगुवाले राज्यले निजि क्षेत्रलाई हेर्ने दृष्टिमा परिर्वतन नभएको बताएका छन् । शुक्रबार उद्घाटन भएको सूर्योदय उद्योग बाणिज्य संघको प्रथम अधिवेशनमा विशिष्ठ अतिथिका रुपमा सूर्योदय नगरपालिकालाई निमन्त्रणा गरेपनि नगरपालिकाबाट कुनैपनि प्रतिनिधि उपस्थित भएका थिएनन् ।

स्थानीय तहको निर्वाचन पछि निजी क्षेत्र क्षेत्रका अगुवाको सक्रियतामा गठन भएको सूर्योदय उद्योग बाणिज्य संघले नगरपालिका प्रमुख, प्रशासकिय अधिकृत राजेन्द्र भट्टराई र प्रबक्तालाई पनि निम्तो दिएको थियो । नगरपालिकाका प्रमुख रणबहादूर राई, प्रशासकिय अधिकृत राजेन्द्र भट्टराई र प्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष पेम्माउगेन लामालाई बाणिज्य संघका पदाधिकारीले भेटेर निमन्त्रणा पत्र दिएका थिए ।

‘हामीले उद्योग बाणिज्य संघको तर्फबाट आफै गएर निमन्त्रणा–पत्र दिएपनि नगरपालिकाबाट कार्यक्रममा नआउनु दुःखद भयो’ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष प्रमोद राईले भने–‘राज्यले निजि क्षेत्रलाई सौताको व्यवहार गरेजस्तो भयो ।’
तीन खम्बे अर्थतन्त्रको निती अनुसार प्रदेश र केन्द्र सरकारले निती बनाएपनि स्थानीय सरकार मानिने नगरपालिकाका तर्फबाट निजी क्षेत्रको कार्यक्रममा नआउनुले राम्रो सन्देश नगएको इलाम उद्योग बाणिज्य संघका अध्यक्ष आनन्द कट्टेलले बताए ।

केन्द्र र प्रदेश सरकारले निजीक्षेत्रको सहकार्यमा विकासको मुल फुटाउने बताउने तर स्थानीय सरकारले सौताको व्यवहारले स्थानीय विकासले गति नलिने उनले बताए ।
निजी क्षेत्रको छाता संगठनमा स्थानीय सरकारको अनुपस्थितले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण गतल रहेको उद्योग बाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष नरेन्द्र खड्काले बताए ।

स्थानीय सरकार र निजी क्षेत्रबिच सहकार्य हुनुपर्नेमा उद्घाटन सत्रमै अनुपस्थित हुनुले सूर्योदय नगरमा विकासको गति नहुने बताए । विकास र समृद्धीको कुरा गर्ने राजनीतिकहरुले जनताको मत सक्तामा पुगेपछि निजीक्षेत्र र सहकारी संस्थासँग समन्वय गर्नुपर्नेमा उल्टै अनुपस्थित हुनेले निजीक्षेत्रलाई तिरस्कार गरेको पुष्टि भएको खड्काले बताए ।

जनतालाई सबै मिलेर विकास दिन्छौ भन्ने तर नेतृत्वमा पुगेपछि निजीक्षेत्रसँग सहकार्य नगर्नुले विकास र समृद्धिका नारा कागजमा सिमिति हुने उनको भनाइ छ । ‘निजी क्षेत्रको कार्यक्रम स्थानीय सकार नआउनु भनेको कि त जनप्रतिनिधिले विकासको पाटो बुझेका छैनन् की–खड्का भन्छन्–‘ नत्र भने केन्द्रिय र प्रदेश सरकारले दिएको अनुदानबाट मात्रै विकासले गति नलिने भएकाले निजी क्षेत्र र स्थानीय सरकार एक भएर जानुपर्छ ।

निजी क्षेत्रको श्रोत र साधनलाई उपभोग गर्नुको साटो निजी क्षेत्रलाई तिरस्कार गर्नु सूर्योदय नगरका प्रमुखसँगै सिंङ्गो नगरका प्रतिनिधिको बेतिथि भएको खड्का बताउँछन् ।

सूर्योदय नगरको अनुपस्थितिको कारण प्रमुख अतिथि
सूर्योदय उद्योग बाणिज्य संघको अधिवेशनमा नगरपालिकाबाट प्रतिनिधि नआउनुको मुख्य कारण प्रमुख अतिथि रहेको छ । यसलाई उद्योग बाणिज्य संघका निवर्तमान एक पदाधिकारीको भनाईले पनि पुष्टि गर्छ ।

शुक्रबार भएको उद्घाटन सत्रमा स्थानीय सरकारको प्रतिनिधि अनुपस्थितिको सम्बन्धमा बाणिज्य संघका एक पूर्व पदाधिकारीलाई प्रश्न गर्दा अतिथिको वरयदाक्रमा नगरपालिकाबाट असन्तुष्टि जनाएको बताएका थिए ।

ती पदाधिकारी भने– उद्योग बाणिज्य सघ सूर्योदय नगरपालिकामै दर्ता भएको र स्थानीय सरकारको प्रमुख भएकाले विशिष्ठ अतिथिमा राखिँदा अपहेलाना गरेजस्तो भएको बुझियो । यस बिषयमा नगरपालिका प्रमुख रणबहादुर राईसँग शुक्रबार साँझ बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

यता सूर्योदय नगरपालिका प्रबक्ता पेम्मा उगेन लामाले सूर्योदय नगरपालिका भित्रका सबै प्रतिनिधि आफ्नो काममा व्यस्त भएकाले उपस्थित हुन नसककेको बताउँछन् । उनी भन्छन्–‘मेयर साब व्यस्त हुनुभयो र म आफ्नै वडामा व्यस्त थिँए त्यै भएर उपस्थित नभएको हो ।’

नगर प्रमुखलाई निम्तो दिन आफै गएका पूर्व अध्यक्ष प्रमोद राईका अनुसार नगर प्रमुख आफैँ उपस्थित हुने प्रतिवद्धता जनाएका थिए । नगरपालिकाको कार्यालयमा शुक्रबार गएका बाम गठबन्धनका एक नेता अनुसार नगर प्रमुख दिनभर नगरपालिको कार्यालय भित्रै थिए ।

घटना नौलो होइन
वरयता क्रम नमिलेको भन्दै कार्यक्रममा राज्यका प्रतिनिधि उपस्थित नहुनु र छोडेर हिड्नु नौलो होइन । आफुनै प्रमुख अतिथि हुनुपर्यो भन्दै इलामका तत्कालिन प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले नेपाल पत्रकार महासंघको कार्यक्रमको हल छोडेका थिए ।

२०७४ बैशाख १ गते आयोेजना गरेको आशिस पत्रकारीता पुरस्कार वितरणमा प्रमुख अतिथि नबनाउने भए आफुन नबस्ने दाहालले बताएका थिए । कार्यक्रममा पत्रकार महासंघका तत्कालि महासचिव उजीर मगर प्रमुख अतिथि रहेको बताएपछि उनीले वरयदाक्रम नमिलेको र प्रतिनिधि पठाउने भन्दै कार्यक्रम हल छोडेका थिए । सो कार्यक्रममा उनले साहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोलाई प्रतिनिधि पठाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार