Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्काको निधन

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्काको निधन

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र १६ २०७४


पूर्वगृहमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्काको निधन

काठमाडौं । पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै उनको निधन भएको पुष्टि गरेका छन् । उनी मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए ।

मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलार्इ नयाँ दिल्ली लगिएको थियो ।

उनको स्वास्थ्य स्थितिप्रति गम्भीर भएपछि नेपाली कांग्रेसले उनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार