Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

मंगल ज्योती सेवा प्रतिष्ठानको पाँचौ बार्षिक साधारणसभा सम्पन्न

मंगल ज्योती सेवा प्रतिष्ठानको पाँचौ बार्षिक साधारणसभा सम्पन्न

  • सन्देश सम्बाददाता
  • शुक्रबार, चैत्र १६ २०७४


मंगल ज्योती सेवा प्रतिष्ठानको पाँचौ बार्षिक साधारणसभा  सम्पन्न

इलाम । सामाजिक क्षेत्रमा क्रियासिल मंगल ज्योती सेवा प्रतिष्ठानका पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सूर्योदय नगरपालिका ८ स्थित मालुममा रहेको प्रतिष्ठानको साधारणसभा सम्पन्न भएको हो ।
२०६५ सालमा स्थापना भएको प्रतिष्ठानले वृद्धाश्रम निर्माण गरि दुःखमा परेका वृद्धाको सेवा गर्ने उदेश्य लिएको छ ।

प्रतिष्ठानका अध्यक्ष तथा समाजसेवी देवीप्रसाद उप्रेतीको अध्यक्षतामा भएको संस्थाको साधारणसभाले ३८ लाख ७६ हजार एक सय ७६ रुपैयाँको आयव्यय सार्वजनि गरिएको थियो ।
२०६८ साल चैत्रमा सूर्योदय नगरपालिका ८ निवासी हेमकुमार सुवेदी र भगवती सुवेदीले प्रदान गरेको एक रोपनी जग्गामा वृद्धवृद्धा बस्ने वृद्धाश्रम निर्माणको प्रतिष्ठानको अगुवाईमा शुरु गरेको थियो । २०६८ सालबाट निर्माण शुरु भएको वृद्धाश्रमको दुई तला निर्माणको काम अन्तिम चरणमा पुगेको प्रतिष्ठानका कार्यसमिति सदस्य प्रविन तिमसिनाले बताए । दुई तलाको पूर्ण रुपमा निर्माण सम्पन्न गरि संचालन गर्ने लक्ष्य लिएको वृद्धाश्रमको रङरोकन र वाइरिङ्गका लागि थप १० लाख रुपैयाँ आवश्यक पर्ने साधारणसभामा बताइएको थियो ।
चार तलाको भवन निर्माण गर्ने लक्ष्य लिएको प्रतिष्ठानले संचालनमा ल्याउन लागेको वृद्धाश्रमको भवन पूर्ण निर्माण गर्न थप ५० लाख आवश्यक पर्ने अध्यक्ष देवी उप्रेतीले बताए । साधारसभाका प्रमुख आतिथ तथा सूर्योदय नगरापालिकाका प्रशासकिय अधिकृत राजेन्द्र भट्टराई र ८ नम्बर वडाका वडाध्यक्ष सुवास राई प्रतिष्ठानले गर्दै आएका हरेक सामाजिक काममा स्थानीय सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
साधारणसभामा प्रतिष्ठानका आजिवन सदस्य तथा बयोवृद्ध नर बहादूर बस्नेत र धर्मनन्द गौतमलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो । यसैगरि साधारणसभाको अवसरमा सूर्योदय नगरपालिका ४०, वडा नम्बर ८ को कार्यालयबाट १० र कार्यसमितिका सदस्यले १३ वटा कुर्सि प्रतिष्ठानलाई अनुदानमा हस्तान्तरण गरेका थिए ।

प्रतिष्ठानको अगुवाईमा निर्माण शुरु भएको वृद्धाश्रम भवनका लागि जिल्ला विकास समिति, पूर्व सासंद सूर्यबाला राई, पञ्चकन्या बहुउदेश्य सहकारी संस्था, फिक्कल खानेपानी तथा सरसफाई उपभोक्ता समिति, महिला विकास कार्यालय, सूर्योदय नगरपालिका लगायका संघसंस्थाले आर्थिक सहयोग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार