Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा कुन्दन अर्याल, संयोजकमा चेतन अधिकारी

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा कुन्दन अर्याल, संयोजकमा चेतन अधिकारी

  • सन्देश सम्बाददाता
  • बुधबार, चैत्र १४ २०७४


प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा कुन्दन अर्याल,  संयोजकमा चेतन अधिकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याल नियुक्त भएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठक पत्रकार अर्याललाई प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो।

सोही बैठकले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा अच्यूत मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

 प्रेस संयोजकमा चेतन अधिकारी
यस्तै   प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस संयोजकमा चेतन अधिकारी नियुक्त भएका छन् ।

चार वर्षदेखि ओलीको सञ्चार संयोजन गर्दै आएका अधिकारीलाई प्रेस संयोजक नियुक्त गरिएको हो । उनी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि प्रेस संयोजक थिए । एमाले अध्यक्षसमेत रहेका ओलीको सञ्चार संयोजनको काम उनैले गर्दै आएका थिए ।

झापाको दमक निवासी अधिकारी झण्डै दुई दशकदेखि मूलधारको पत्रकारितामा थिए । कान्तिपुरको दमक संवाददाता भएर १० वर्ष काम गरेका उनी न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य थिए ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सोमबारमात्रै कुन्दन अर्याल नियुक्त भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार