Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सरकारको नीतिबारे विश्वलाई चासो छ: नेता खनाल

सरकारको नीतिबारे विश्वलाई चासो छ: नेता खनाल

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र १३ २०७४


सरकारको नीतिबारे विश्वलाई चासो छ: नेता खनाल

 काठमाडौं । एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारको नीतिबारे विश्वले नै चासोपूर्वक हेरिरहेको बताएका छन्। मंगलबार प्रधानमन्त्रीले बोलाएको काठमाडौंस्थित विदेशी कूटनीतिकहरूको बैठकबाट बाहिरिँदै नेता खनालले भने, ‘नेपालमा नयाँ सरकार बनेको छ। यो सरकारले कस्ता पोलिसी, नीति नियम लिएर आउँछ भन्ने विश्वलाई चासोको विषय बनेको छ।’

त्यसकै सन्दर्भमा मिसन प्रमुख र राजदूतहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटार बोलाएको पनि उनले प्रस्‍ट पारे। नेपाल सरकारका नीति नियम, प्राथमिकता, अबका योजनाबारे प्रधानमन्त्रीले व्याख्या गरेको उनले सुनाए। अन्तर्राष्ट्रिय समुदायसँग घनिष्ठ सम्बन्धसहितको सहकार्य राख्न चाहेको बताए।

नेपाली समाजलाई सामाजिक र आर्थिक रुपमा परिवर्तन गर्न चाहन्छ। अन्तर्राष्ट्रिय समुदायसँग सधैं सहयोगको अपेक्षा गर्दछ। कूटनीतिहरुसँगको बैठकमा हाल बालुवाटारमा लन्च चलिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार