इलाम । अखिल(क्रान्तिकारी) इलाम जिल्ला समितिको १२ औ सम्मेलनबाट अध्यक्षमा बिपिन पोख्रेललार्इ सर्वसम्मत चयन भएका छन । समितीको उपाध्यक्ष प्रमिला तामाङ र अंकित बराईली, सचिव बिपन तुम्रोक , सहसचिव मनिष लिम्बू र नयन राई , कोषाध्यक्ष अस्मी लिम्वु रहने गरी २७ सदस्यीय समिति गठन भएको छ ।
उक्त कार्यक्रमकाे संगठनका उपाध्यक्ष दिपक देवकोटाले उद्घाटन गरेका थिए । कार्यक्रमको बिशेष अतिथी जिल्ला पार्टी इन्चार्ज कान्छा लावती रहेका थिए । चैत्र ८ गते उद्घाटन सत्र र बन्द सत्र समापन भएको थियो ।