इलाम । इलाम नगरपालिकामा १० दिने उद्यमशिलता तालिम मंगलबारबाट शुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा इलाम नगरपालिका क्षेत्रमा रहेका ३० जना युवायुवतीहरुको सहभागिता रहेको छ । तालिमको उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत सत्यनारायण राईको उद्घाटन गरेका थिए ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख उद्योग अधिकृत सत्यनारायण राईले उद्योग खोल्नु अघिका प्रक्रिया र सीपका बारेमा जानकारी दिने भएकाले ध्यानपुर्वक सीप सिक्न आग्रह गरेका थिए । उद्यमशिलता तालिम पछि आफ्ना गाउँघरमा कस्तो उद्योग संचालन गर्ने बारेमा निर्णय गर्न सजिलो हुने भएकाले तालिम पछि सीप सिकेर उद्यमी बन्न प्रमुख उद्योग अधिकृत सत्यनारायण राईले सहभागिलाई आग्रह गरेका थिए ।
तालिमको उद्घाटन सत्रमा बोल्दै घरेलु तथा साना उद्योग विकास समितिका शाखा अधिकृत रुल बहादूर आलेले समितिको बार्षिक कार्यक्रम अनुसार तालिम प्रदान गरिएकाले र आगामि दिनमा सीपमुलक कार्यक्रम संचालन गरिरहने बताए ।

तालिममा उद्घाटन शत्रमा बोल्दै नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष पत्रकार सुजन तिमल्सिनाले उद्योग विकास समितिले दिएका सीप मुलक तालिमले ग्रामीण क्षेत्रमा उद्योगको स्थापना र विस्तारका लागि ठुलो सहयोग पुगेकाले आगामी दिनमा गाउँपालिका र नगरपालिकाबाटै सेवा प्रदान गरे अझ प्रभावकारी हुने बताए ।

उद्यमशिलता सहजकर्ता दिनेश सुवेदी र साधना नुगोले तालिममा १० दिनेसम्म उद्योग स्थापना, कच्चापदार्थको पहिचान, उद्योग दर्ता नगायतका बिषयमा सीप प्रदान गर्नेछन् ।