करफोक । करफोकमा जारी प्रथम आमन्त्रण सुर्योदय मेयरकप फुटबल प्रतियोगिताको उपाधी मेचीनगर नगरपालिकाले उचालेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक सुर्योदय नगरपालिकाको चुनौती ट्राइवेकरमा ३–१ ले पन्छाउदै मेचीनगरले उपाधी उचालेको हो । उपाधीसंगै मेचीनगरले नगद १ लाख र उपविजेता नगद ७० हजार प्राप्त ग¥यो ।

निर्धारित समयमा दुवै टिमबाट ३–३ गोल भएपछि निर्णय ट्राइवेकरबाट गरिएको थियो । पहिलो हाफको १३ औ मिनेटमा मेचीनगरले अग्रता कायम गरेको थियो । आयोजकका जर्सी नं ३ का अमित राईले डिएरियामा हेन्ड गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेचीनगरका जर्सी नं १५ का पुजन उपरकोटीले आफनो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

अग्रता कायम भएको ५ मिनेट नवित्दै सुर्योदयका जर्सी नं १० का संजोग खडकाले मेचीनगरको गोलकिपर मनोज प्रधानलाई विट गराउँदै खेल बराबरीमा ल्याए । पुनः ३२ औ मिनेटमा सुर्योदयका जर्सी नं १५ का सचिन योल्मोले आफनो टिमको अग्रता बढाए । निकै नै प्रतिस्पर्धात्मक बनेको दोश्रो हाफको छैटौ मिनेटमा मेचीनगरका जर्सी नं ७ का एन्जल गुरुङले आयोजकका गोलकिपर बिशाल थामीलाई विट गराउदै खेल बराबरीमा ल्याएका थिए ।

निरन्तर दबाब झेलेको आयोजकले दोश्रो हाफको १९ औ मिनेटमा गोल खान पुग्यो । जर्सी नं ३ का डिफेन्स अमित राईको गल्तीको फाइदा उठाउँदै मेचीनगरका जर्सी नं ११ का निसान लिम्बुले अग्रता ३–२ बनाएका थिए । खेलको ६१ औ मिनेटमा सुर्योदयका जर्सी नं १४ का रविन राईले काउन्टरमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछिका खेलमा दुबै टिमबाट गोल नभएपछि निर्णय ट्राइबेकरबाट गरिएको थियो ।

ट्राइबेकरमा मेचीनगरका एन्जल गुरुङ, पुजन उपरकोटी र निसान लिम्बुको प्रहारले जाली चुम्यो भने मुन्ना सुव्वाको प्रहार गोलरक्षकले बचाएका थिए । त्यसैगरी आयोजकका आशिस राईको प्रहारलेमात्र जाली चुम्न सक्यो । गोलरक्षक बिशाल थामी र सुरज रावतको प्रहार पोष्टमाथीबाट बाहिरिएको थियो भने समिर तामाङको प्रहार गोलरक्षकले बचाउदै आफनो टिमलाई उपाधी दिलाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मेचीनगरका दिवस उराउ घोषित भए ।
प्रतियोगिताभरीको सर्वोत्कृष्ट टिम शिवसताक्षी र ४ गोल गर्दै आयोजकका संजोग खडका सर्वाृधिक गोलकर्ता घोषित भए । मेची अञ्चलका ३ जिल्लाका ११ नगरपालिका सहभागी प्रतियोगिता गत फाल्गुन १९ गतेबाट संचालन भएको थियो । प्रतियोगिताको प्रमुख अतिथी पुर्व प्रधानमन्त्री एवम इलाम क्षेत्र नं १ का साँसद झलनाथ खनाल रहेका थिए । फाइनल खेल अघि सुर्योदय नगरपालिकाका विभिन्न विद्यालयका कराते खेलाडीहरुले खेल कौशल देखाएका थिए ।
बिजेता टिमलाई १ लाख २५ हजार प्रचार गर्दै १ लाखमात्र नगद
आयोजक सुर्योदय नगरपालिकाले बिजेता टिमलाई नगद १ लाख २५ हजार र उपबिजेता टिमलाई नगद ८५ हजार प्रदान गर्ने भन्ने मिडियाबाजी गरेको थियो । तर प्रतियोगिताको फाइनल जित्ने मेचीनगर नगरपालिकाले नगद १ लाख रुपैयामात्र प्राप्त ग¥यो भने उपविजेता बनेको आयोजक टिमलाई ७० हजार मात्र नगद प्रदान ग¥यो । २५ प्रतिशत कर समावेश गरेर पुरस्कार राशी घोषणा गरिएको र वितरणको समयमा कर कट्टी गरिएको सुर्योदय नगरपालिकाका प्रवक्ता पेमा उर्गेन लामाले बताए ।
प्रतियोगिता संचालन पुर्व आयोजित पत्रकार सम्मेलनमा आयोजक समितीको संयोजक एबम नगरपालिकाको उपप्रमुख दुर्गादेवी भट्टराईले पुरस्कार राशी १ लाख र ७० हजार घोषणा गर्दा नगरपालिका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले कर समावेश सहितको घोषणा गरिन्छ भन्दै विजेतालाई १ लाख २५ हजार र उपविजेता टिमलाई ८५ हजार प्रदान गरिने घोषणा गर्न लगाएका थिए ।
एन्फा रेफ्री लाक्पा तामाङले प्रतियोगिताको पुरस्कार राशी कर सहित वा कर बाहेक भन्ने नहुने बताए । उनले भने ‘फुटबल प्रतियोगितामा जति पुरस्कार राशी घोषणा गरिन्छ त्यसमा कर कट्टा गरिदैन । ’