इलाम । सूर्योदय नगरपालिका क्षेत्रमा कुखुरापालन व्यवसायको प्रवद्र्धन गर्ने उदेश्यले सात दिने कुखुरापालन तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति इलामको आयोजना ७ दिने कुखुरापालन सम्बन्धि तालिमको आयोजना गरिएको हो । तालिममा सुर्योदय नगर क्षेत्रमा रहेका १४ जना युवा युवतीको सहभागिता रहेको थियो ।
झापाका पशु प्राविधिक उमानाथ भण्डारीले कुखुरापालन व्यवसाय, रोग र खोर व्यवस्थापनका बिषयमा तालिम प्रदान गर्नुभएको थियो । ७ दिने तालिमको शुक्रबार एक कार्यक्रमका बिच समापन गरिएको थियो । घरेलु तथा सना उद्योग विकास समिति इलामका शाखा अधिकृत रोल बहादूर आलेको अध्यक्षतामा भएको कार्यक्रममा सूर्योदय नगरपालिका प्रमुख रन बहादूर राईले सूर्योदय नगर क्षेत्रमा कुखुराको माग उच्च भई आयात बढ्दै गएकाले आयात प्रतिस्थापनका लागि तालिममा सहभागिलाई उद्योग स्थापनका लागि जोड दिए ।
पर्यटकीय क्षेत्र र बजारको प्रशस्त संम्भावना रहेको सूर्योदय नगरपालिका क्षेत्रमा झापा, इलाम र भारतबाट कुखरा आयात भएकाले त्यसलाई रोक्न आफ्नो क्षेत्रमा उत्पादन बढाउनुपर्ने उनले बताए । उद्योग प्रवद्र्धनका लागि आगामि दिनमा सूर्योदय नगरपालिकाले उद्योग प्रवद्र्धन कार्यक्रम संचालन गर्ने भएकाले तालिमका सहभागिले आफ्नो सीप उपयोगका लागि थोरै लगानीमा उद्योग स्थापना गर्नुपर्नेमा प्रमुख राईले जोड दिए ।

कार्यक्रममा बेल्दै सूर्योदय नगरपालिकाकी उप प्रमुख दुर्गादेवी भट्टराईले कुखुरा पालन व्यवसायको सम्भावना राम्रो भएकाले सीपको सदुपयोग गर्न तालिमका सहभागिलाई आग्रम गरिन् । सूर्योदय नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले तालिमको सीप व्यवहारमा ल्याएर सूर्योदय नगरलाई औद्योगिक नगर बनाउनुपर्नेमा जोड दिए ।

समापन कार्यक्रममा बोल्दै तालिममा सहभागि प्रविण तिमसिनाले आयोजनका तर्फबाट प्रशिक्षक र प्रशिक्षार्थिलाई आवश्यक पर्ने तालिम सामग्री नभएको गुनासो गरे । तालिम सामग्री नभएपनि सिकेका सीप प्रयोगमा ल्याउनेतर्फ सहभागि सबैले जोड दिने उनले बताए ।
तालिमको उद्घाटन र समापनमा समेत व्यानर समेत नराखेको, तालिमको प्रयोगात्मक कक्षाका लागि सामग्री नभएको तिमसिनाले गुनासो गरेको थिए । तालिमका सहभागिलाई सूर्योदय नगरपालिकाका प्रमुख रन बहादूर राइले प्रमाण पत्र वितरण गरेका थिए ।