Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

रेडहर्ष फुटबल क्लब इलाम तेश्राे भराैल गाेल्डकपकाे फाइनलमा प्रवेश

रेडहर्ष फुटबल क्लब इलाम तेश्राे भराैल गाेल्डकपकाे फाइनलमा प्रवेश

  • नमीन ढकाल
  • शुक्रबार, चैत्र २ २०७४


रेडहर्ष फुटबल क्लब इलाम तेश्राे भराैल गाेल्डकपकाे फाइनलमा प्रवेश

इलाम । रेड हर्ष फुटबल क्लब इलाम सुनसरीको भरौला जारी तेश्रो भरौला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहिवार सम्पन्न दोश्रो सेमीफाइनल खेलमा कञ्चजंघा फुटबल क्लब सिलीगुढीलाई २–१ गोल अन्तरले हराउँदै इलामले फाइनल यात्रा गरेको हो । फाइनलसम्मको यात्रा तय गर्न रेडहर्षले पहिलो खेलमा आयोजक न्युस्टार क्लब भरौललाई ट्राइवेकरमा ५–४ गोल अन्तरले हराएको थियो ।

फाइनलमा रेडहर्षले राष्ट्रिय जागृती क्लब इटहरीको सामना गर्नेछ । राष्ट्रिय जागृतीले पहिलो सेमीफाइनल खेलमा चर्च ब्वाइज क्लब काठमाण्डौलाई १–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । प्रतियोगिताको फाइनल चैत्र ३ गते हुनेछ ।

खेलमा प्रथम हुने टीमले नगद २ लाख टर्फी,मेडल तथा प्रमाणपत्र दोश्रो हुने टीमले नगद १ लाख टर्फी,मेडल तथा प्रमाणपत्र गर्नैछन भने सर्वात्कृष्ट खेलाडीले नगद १५ हजार,सर्वाधिक गोलकर्ताले १० हजार, तथा राईजिङ प्लेअरले नगद ५ हजार प्राप्त गर्नैछन ।

प्रतिक्रिया
सम्बन्धित समाचार