Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

थ्रीस्टारलाई हराउँदै आयोजक झापा ११ फाइनलमा प्रवेश

थ्रीस्टारलाई हराउँदै आयोजक झापा ११ फाइनलमा प्रवेश

  • लोकल सन्देश
  • शुक्रबार, फाल्गुन २५ २०७४


थ्रीस्टारलाई हराउँदै आयोजक झापा ११ फाइनलमा प्रवेश

विर्तामोड । आयोजक झापा ११ बिर्तामोडमा जारी रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । रुस्लान थ्री स्टार क्लबलाई शुक्रबार टाइब्रेकरमा ४–३ ले हराउँदै झापाले कम्तिमा ६ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । झापाले उपाधिका लागि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी वा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

डोमालाल राजवंशी रंगशालामा निर्धारित ९० मिनेट गोल रहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । झापाका लागि कर्ण लिम्बु, भुषण सुब्बा, कप्तान योगेश गुरुङ, र देबेन्द्र तामाङले गोल गरेका थिए । विश्वास श्रेष्ठको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले रोकेका थिए । थ्री स्टारका लागि रजिन धिमाले, विजय धिमाल र निराजन खड्काले गोल गरे । सुनिल बल र बुद्ध चेम्जोङको प्रहार गोलपोष्टबाट बाहिरिएको थियो ।


खेलको ११ औं मिनेटमा थ्री स्टारका अजय मार्टिनको प्रहार पोष्टबारमा ठोकिएर बाहिरिएको थियो । ३० औ मिनेटमा झापाका बिशाल राइको कडा प्रहार थ्री स्टारका गोलकिपर न्यौपानेले बचाउ गरेका थिए । ६० औं मिनेटमा विशाल राइको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो । ६५ औं मिनेटमा थ्री स्टारका दिपक राइको प्रहार झापाका गोरकिपर किशोर गिरीले रोकेका थिए ।

६७ औं मिनेटमा गोलकिपर बीट भइसकेपछि थ्री स्टारका बुद्धले गरेको प्रहार झापाका डिफेन्डर दिलेन लोक्तामले गोललाईनबाट बचाएका थिए । ७५ औं मिनेटमा डि एरिया नजिकै पाएको पाएको फ्रि किकलाई थ्री स्टारका सुनिलले प्रहार गरेका थिए । सो प्रहार पोष्ट बार नजिकैबाट बाहिरिएको थियो । खेलको म्यान अफ द म्याच झापाका रक्षक देबेन्द्र तामाङ घोषित भए । उनले २५ हजार रुपैंया पुरस्कार पाए । सो पुरस्कार शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसोसियट्सले उपलब्ध गराएको हो ।

झापाका प्रशिक्षक प्रवेश कटवालले खेलाडीले गरेको मेहेनतको फल पाएको बताए । उनले नेपालकै नम्बर १ टीमसँग खेलेर जित्नु सामान्य कुरा नभएको बताउँदै उनले दर्शकको समर्थन जितका लागि सहयोगी भएको बताए । झापाले ११ ले थालेको अनुबन्धनका कारण पनि उत्साहित भएर खेलाडीले प्रदर्शन गरेको उनले बताए ।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले झापा बलियो टोलीभएकाले पराजय ब्यहोरेको बताए । नियमित खेल खेलेकाले पनि तयारी गर्न नपाएका कारण आफ्नो क्लबले सोचेअनुसारको प्रदर्शन गर्न नसकेको बताए । खेल उत्कृष्ट भएको भएपनि समय अपुग भएकाले खेलाडी प्रेसरमा परेको उनले बताए ।

दोश्रो सेमीफाइनलमा शनिवार नेपाल आर्मी र डिफेन्डिङ च्याम्पियन मनाङ मस्याङदी भिडदै छन । आर्मी पहिलो संस्करणको बिजेता हो भने मनाङले गत संस्करणको उपाधी जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार