Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

कनकाईलाई हराउदै सुर्योदय नगरपालिका सेमीफाइनलमा

कनकाईलाई हराउदै सुर्योदय नगरपालिका सेमीफाइनलमा

  • लोकल सन्देश
  • शुक्रबार, फाल्गुन २५ २०७४


कनकाईलाई हराउदै सुर्योदय नगरपालिका सेमीफाइनलमा

करफोक । करफोकमा जारी प्रथम सुर्योदय मेयरकप फुटबल प्रतियोगितामा शुक्रबारको खेलमा आयोजक सुर्योदय नगरपालिका सेमीफाइनल प्रवेश गरेको छ । करफोक विद्या मन्दिरको खेलमैदानमा जारी प्रतियोगिताको तेश्रो क्वाटरफाइनलमा कनकाई नगरपालिकालाई ३–१ गोल अन्तरले हराउदै आयोजकले सेमीफाइनल यात्रा तय गरेको हो ।

खेलको ९ औ मिनेटमा जर्सी नं १० का सन्जोग खडकाले आयोजकलाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेट नवित्दै आयोजकका जर्सी नं ४ का डेनिसले हेड गर्दै बल क्लिय गर्न खोज्दा आफनो पोष्टमा आत्घाती गोल भएको थियो । पहिलो हाफ १–१ गोलको बराबरी भएको खेलको दोश्रो हाफको सुरुवातमा नै कनकाईका जर्सी नं ४ का किस्मत लिम्बुले डि–एरियाभित्र हेन्ड गरेपछि पाएको पेनाल्टीलाई आयोजकका जर्सी नं १२ का सुरज राउतले गोल गरे ।

घरेलु दर्शकमाझ दबाब झेलेको कनकाईले अतिरिक्त समयमा गोल खान पुग्यो । जर्सी नं ८ का आशिस राईको क्रसपासलाई सदुपयोग गर्दै शेखर राईले गोल गरे ।  खेलमा अग्रता ३–१ बनाउदै आयोजक सुर्योदय नगरपालिका सेमीफाइनल प्रवेश ग¥यो ।फाइनल प्रवेशका लागी सुर्योदयले विर्तामोड नगरपालिकाको सामना गर्नेछ ।

शनिबार हुने चौथो क्वाटरफाइनल खेलमा अर्जुनधारा नगरपालिकाले शिवसताक्षी नगरपालिकाको समाना गर्दैछ । अर्जुनधारा इलाम नगरपालिकालाई पराजित गर्दै क्वाटरफाइलन पुगेको हो भने शिवसताक्षी सोझै बाइ पाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार