इलाम । तेश्रो रमपम झापा गोल्डकप प्रतियोगिता अन्र्तगत दोश्रो क्वारटफाइलन खेलमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब आमनेसामने हुँदैछन । यसअघि गत फाल्गुन १२ गते सम्पन्न तेश्रो हेटौडा गोल्डकप फुटबलको उपाधीका लागी यि दुई टोलीबिच भेट भएको थियो ।
पुलिसमाथी ट्राइवेकरमा ४–३ को जित निकाल्दै आर्मीले उपाधी सहित नगद ५ लाख रुपैया प्राप्त गरेको थियो । निर्धारित समयमा बराबरी भएपछि ट्राइबेकरबाट छिनोफानो गरिएको थियो । आर्मीका नबयुग श्रेष्ठको प्रहार बारमा लागेर बाहिरिएको थियो भने पुलिसका तेज तामाङ र बुद्ध लामाको प्रहार विकेश कुथुले बचाएका थिए ।
यस प्रतियोगिता पुलिसको लागी हारको बदला लिने अबसर समेत रहेको छ । आर्मी यस सिजनको सातौ उपाधीको लागी झापा गोल्डकपमा संर्घषरत छ भने पुलिस दोश्रो उपाधीको पर्खाइमा छ ।
पुलिसले यसअघि गत माघ २० गते सम्पन्न आहा रारा गोल्डकपमा थ्रीस्टारलाई १–० ले पराजित गर्दै ७ लाख १ हजार सहित उपाधी जितेको थियो । आर्मी पहिलो संस्करण झापा गोल्डकप प्रतियोगिताको बिजेता समेत हो ।