इलाम । करफोकमा जारी प्रथम सुर्योदय मेयरकप फुटबल अन्र्तगत बुधबारको खेलमा अर्जुनधारा नगरपालिका विजयी भएको छ ।
करफोक विद्यामन्दीरको खेल मैदानमा सम्पन्न खेलमा इलाम नगरपालिकाको चुनौती १–० ले पन्छाउँदै अर्जुनधारा क्वाटर फाईनलमा प्रवेश गरेको हो ।
खेलको ७२ औ मिनेटमा कप्तान पुष्प मादेनको गोल नै निर्णयक बन्यो । खेल अवधीभर दुबै टिमले पाएका आधा दर्जन अवसर सदुपयोग गर्न सकेनन् ।
प्रतियोगिता अन्तरगत पहिलो कवाटर फाईनलमा फागुन २५ गते आयोजक सुर्योदय नगरपालिकाले कनकाई नगरपालिकाको सामना गर्दैछ ।