Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

देउमार्इ माथी फराकिलो जित निकाल्दै कनकार्इ क्वाटरफाइलनमा

देउमार्इ माथी फराकिलो जित निकाल्दै कनकार्इ क्वाटरफाइलनमा

  • सन्देश सम्बाददाता
  • आइतबार, फाल्गुन २० २०७४


देउमार्इ माथी फराकिलो जित निकाल्दै कनकार्इ क्वाटरफाइलनमा

करफोक । करफोकमा जारी प्रथम सुर्योदय मेयरकप फुटबल प्रतियोगिताको आइतबारको खेलमा बिजयी बन्दै कनकाई नगरपालिका क्वाटरफाइनल प्रवेश गरेको छ । कनकाईले देउमाइ नगरपालिकामाथी ७–२ गोलअन्तरको जित निकाल्यो ।

खेलमा देउमाइ नगरपालिकाले सुरुवाती अग्रता लिएको थियो । उस्का लागी अमर लिम्बुले खेलको तेश्रो मिनेटमा नै अग्रता दिलाएका थिए । ८ औ मिनेटमा कनकाईका सोनाम देवानले खेल बराबरीमा ल्याए । ११ औ र ४५ औ मिनेटमा सनमले गोल गर्दै ह्रयाट्रिक पुरा गरे ।

४९ औ मिनेटमा अमर देवानले अग्रता ३–२ बनाएका थिए । त्यसपछि कनकाईले ४ गोल ग¥यो । कनकाईका रोहन कार्कीले ६५ औ, ६९ औ, ७४ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । खेलको ७६ औ मिनेटमा बुद्धिलाल टुडुले गोल गरेपछि ७–२ को फराकिलो अन्तर बनाउँदै कनकाईले क्वाटरयात्रा तय गरेकाे अायाेजक समितीका युवराज प्रधानले बताए ।

सेमीफाइनल प्रवेशका लागी कनकाईले आयोजक सुर्योदयको सामना गर्नेछ । प्रतियोगिता अन्र्तगत सोमबार भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाविच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार