Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपाल शिक्षक संघ प्रदेश नं १ अध्यक्षमा इलामका पुर्णप्रसाद

नेपाल शिक्षक संघ प्रदेश नं १ अध्यक्षमा इलामका पुर्णप्रसाद

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन १४ २०७४


नेपाल शिक्षक संघ प्रदेश नं १ अध्यक्षमा इलामका पुर्णप्रसाद

इलाम । नेपाल शिक्षक संघ प्रदेश नं १ अध्यक्षमा इलामका पुर्णप्रसाद गौतम सर्वसम्मत निर्वाचित भएका छन । फाल्गुन १४ गते सम्पन्न संघको प्रदेश नं १ अधिवेशनबाट गौतम निविरोध निर्वाचित भएका हुन । समितीको बरिष्ठ उपाध्यक्षमा झापाका तिलकसिंह पाण्डे, उपाध्यक्ष खुल्लामा मोरङकी निर्मला कोइराला, उपाध्यक्ष खुल्ला ताप्लेजुङका हेमराज खडका र धनकुटाका गंगाराम ढुङगाना चयन भएका छन ।

महासचिवमा मोरङका ऋषिकेश कोइराला, महासचिव अर्थ (महिला) धनकुटाकी रामकुमारी भण्डारी, उपमहासचिव सुनसरीका सिताराम कोइराला, उपमहासचिव ( महिला) झापाकी चित्रकला ओली, रहेका छन । त्यसैगरी उपमहासचिव (समावेशी) मा मोरङका तुलाराम चौधरी र खोटाङका जर्ण चाम्लिङ, उपमहासचिव (अर्थ) उदयपुरका राजेश कार्की चयन भएका छन ।

सदस्यहरुमा मोरङकी ताराकुमारी कटुवाल, संखुवासभाकी पार्वतीकुमारी राउत, सुनसरीकी अर्चना ढकाल र झापाकी कृष्णकुमारी बानिया रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार