फिक्कल । इलाममा साेमबार विहान परेको असिना पानीले किसानहरुको बालीमा क्षति पुर्याएको छ । बिहान करिव आधा घण्टा परेको असिना पानीले, सुन्तला, टमाटर, अलैँची लगायत फलफुल र हिउँदे बालीमा क्षति गरेको हो । जिल्लाको सुर्योदय, रोङ, माइजोगमाइ लगायत पुर्वका विभिन्न क्षेत्रमा तरकारी र फलफुलमा क्षति पुर्याएको स्थानियबासिन्दाले बताए ।
दर्जनौँ गाउँमा अलैचीको बोटै समेत मर्ने गरी कुटेकोे छ । हिउँदे फलफुलका भर्खर लाग्दै गरेका चिचिला र फुल तथा पात सबै सखाप पारेको छ । असिनाले बाली नालीमा क्षति गरेपछि उत्पादन घट्ने भन्दै किसान चिन्तित भएका छन् ।