इटहरी । प्रदेश १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेशलाई समृद्ध बनाउने पाँच एजेन्डा सार्वजनिक गरेका छन् । उनले प्रदेश समृद्धिको पहिलो आधार कृषि रहेको बताएका छन् । प्रदेश १ मा रहेका झापा, मोरङ र सुनसरीले सिंगो मुलुक पाल्ने गरी अन्न भण्डारण गर्न सक्ने भन्दै कृषिको खण्डीकरण रोकी आधुनिक कृषि प्रणालीलाई जोड दिने प्रदेश सरकारको लक्ष्य रहेको मुख्यमन्त्री राईले बताए ।
‘तीव्र सहरीकरणले गर्दा उब्जाउ भूमि बन्जर भएको छ,’ उनले भने, ‘अब कृषिको आधुनिकीकरणाका लागि बसोबासयोग्य र खेतीयोग्य जमिन यकिन गरी वैज्ञानिक व्यवस्थापन हुन्छ ।’ राईले खेतीको आम्दानी बढाउन आधुनिक कृषि औजारको उपयोगलाई बढावा दिनुपर्नेमा जोड दिए ।
नेपालको पूर्वी भेगको पर्यटन सम्भाव्यतालाई उजागर गरी आर्थिक सम्पन्नताको दिशामा प्रदेश सरकार अघि बढ्ने राईले बताए । त्यसनिम्ति विराटनगरको क्षेत्रीय विमानस्थलको स्तरोन्नति गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा रूपान्तरण गर्ने र प्रदेश १ मा पर्यटक ल्याउन विशेष पहल गर्ने प्रदेश सरकारको योजना रहेको छ । यसका साथै, पूर्वी भेगमा रहेका सुन्दर प्राकृतिक स्थलको प्रचारप्रसारमा लागी पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा प्रदेश सरकारको ध्यान जाने मुख्यमन्त्री राईले बताए ।
मुख्यमन्त्री राईका अनुसार पूर्वी पर्यटनको भरपर्दो स्रोतका रूपमा रहेका छिमेकी मुलुक भारतका बिहार र पश्चिम बंगाललगायत प्रदेशका नागरिकलाई आकर्षित गर्न विभिन्न योजना ल्याइने छ । साथै, जोगवनी–किमाथांका सडकलाई चाँडै पूरा गर्न सरकारले दबाब दिँदै आएको छ । उक्त सडक सम्पन्न भएपछि चिनियाँ पर्यटकको घुुइँचो लाग्ने प्रदेश सरकारले अपेक्षा गरेको छ ।
प्राकृतिक सम्पदाजस्तै यस भेगमा रहेका धार्मिक सम्पदाको प्रचार गरी धार्मिक पर्यटकलाई तान्ने सरकारी योजना रहेको समेत मुुख्यमन्त्री राईले जानकारी दिए । उनले धार्मिक पर्यटनलाई प्राथमिकतामा राखी आवश्यक पूर्वाधार विकासमा जोड दिने उल्लेख गरेका छन् ।
‘सुनसरीको बराह क्षेत्र, बूढासुुब्बा पिण्डेश्वर, ताप्लेजुङको पाथीभरा मन्दिरलगायत प्रख्यात धार्मिकस्थलको प्रचार गरी थप पूर्वाधार निर्माण गरिने योजना रहेको छ,’ मन्त्री राईले भने ।
जलस्रोतलाई उपयोग गर्दै कृषि र विद्युत् उत्पादनको क्षेत्रमा लाग्न सरकारले हरसम्भव प्रयास जारी राख्ने पनि मुख्यमन्त्री राईले जानकारी दिएका छन्् । कोसी, तमोरलगायत नदी तथा जलस्रोतलाई उपयोग गरी खेतीयोग्य जमिनलाई सिँचाइमा लगाउँदै पूर्वमा निर्माणाधीन विद्युत् गृहको काम चाँडै सम्पन्न गर्न निर्देशन मुख्यमन्त्री राईले बताए ।
मुलुकमा बढ्दै गएको बेरोजगारी समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको भन्दै मुख्यमन्त्री राईले मुलुकभित्रै रहेको जनशक्तिलाई कुशल र सीपयुक्त बनाउन प्राथमिकता दिइने बताए । विद्यालय शिक्षालाई व्यवहारमुुखी शिक्षा बनाउने पार्टीको एजेन्डाअनुसारै वामपन्थी सरकारले विदेशिने अदक्ष कामदारलाई नेपालभित्रै रोजगारीको ग्यारेन्टीका लागि पहल थालिने र प्राविधिक शिक्षा प्रदान गर्न योजना ल्याइने उनले बताए ।
उनले प्रदेश १ को उद्योग–कलकारखानाले मुलुकको अर्थतन्त्रमा टेवा पु¥याइरहेको स्मरण गर्दै साना घरेलुु तथा ठूला बन्द उद्योग खोल्न प्रेरित गर्ने र नयाँ उद्योग स्थापनानिम्ति उचित वातावरण तय गर्न प्रदेश सरकार प्रतिबद्ध भएको बताए । उद्योग स्थापनाको दर बढेसँगै आर्थिक गतिविधि पनि बढ्ने र यसले बेरोजगारी समस्या न्यूनीकरण गर्न सघाउ पुु¥याउने भन्दै मुख्यमन्त्री राईले बढ्दो रोजगारी समस्यालाई प्रदेश सरकारले न्यूनीकरण गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरे । हाम्रो अर्को महत्त्वपूर्ण लक्ष्य श्रमशक्ति पलायन नहोस् भन्ने नै छ, यसका लागि नयाँ उद्योग खोल्न प्रेरित गर्ने, वातावरण बनाइदिने र पुराना उद्योगका समस्या सम्बोधन गर्न कदम चालिने छ ।’