Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एकतापछि प्रचण्डले भने : प्रधानमन्त्री केपी ओली भइसक्नुभयो, पछिका कुरा पछि हुन्छ

एकतापछि प्रचण्डले भने : प्रधानमन्त्री केपी ओली भइसक्नुभयो, पछिका कुरा पछि हुन्छ

  • लोकल सन्देश
  • मंगलबार, फाल्गुन ८ २०७४


एकतापछि प्रचण्डले भने :  प्रधानमन्त्री केपी ओली भइसक्नुभयो, पछिका कुरा पछि हुन्छ

काठमाडौं :  एमाले र माओवादीबीच पार्टी एकताका प्रारम्भिक आधारहरूमा सहमति भएपछि नेकपा माओवादी पनि सरकारमा सहभागी हुने भएको छ। सोमबार राति एमाले र माओवादीबीच पार्टी एकताबारेका ७ बुँदे प्रारम्भिक आधारहरूमा सहभति भएपछि माओवादी पनि सरकारमा सहभागी हुने भएको हो।

प्रचण्डले अब माओवादी पनि सरकारमा सहभागि हुने बताए। उनले अब पार्टी एक भइसकेकोले आफूहरु सरकार बाहिर रहनु आवश्यक नभएको बताए। एकता संयोजन समितिको बैठकबाट बाहिरिँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महाधिवेशनसम्म केपी शर्मा ओली र आफू अध्यक्ष रहने बताए।

उनले भने , ‘महाधिवेशन नभएसम्म दुवै अध्यक्षका रुपमा रहने छौँ। बैठकको पालैपालो अध्यक्षता गर्ने सहमति भएको छ। केपी शर्मा ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्ने भद्र सहमति भएको भनिएका बेला सहमतिपत्रमा उक्त कुरा उल्लेख भएको छैन’। प्रधान्मन्त्री आलोपालो गर्ने हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा प्रचण्डको जवाफ थियो, ‘प्रधानमन्त्री केपी ओली भइसक्नुभयो, पछिका कुरा पछि हुन्छ’। उनले थपे, ‘अब हामी एउटै पार्टी भैसक्यौ नि’।

प्रतिक्रिया
सम्बन्धित समाचार