इलाम । हङकङ महिला फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलमा नेपाल एपिएफ क्लब विजयी भएको छ । हङकङमा सोमबार भएको मैत्रीपूर्ण खेलमा एपिएफले घरेलु टोलीलाई ३–१ ले हराएको छ । एपिएफको जितमा सावित्रा भण्डारीले २ र अर्को गोल अन्जली तामाङले गरिन् । अन्जलीको गोलबाट अग्रता लिएको थियाे तर खेलकाे ५३ अाै मिनेटमा हङकङकी हाे मुइ मीले खेल बराबरीमा ल्याइन् ।
एपिएफका लागि राष्ट्रिय महिला टोलीकी फरवार्ड समेत रहेकी सावित्राले ६० औं र ७९ औं मिनेटमा गोल गरेपछि नेपाल ३-१ ले बिजयी बन्याे । फिफा बरियतामा नेपालभन्दा हङकङ २३ अाै वरियता अगाडी रहेकाे छ। वरियता क्रममा नेपाल ९१ र हङकङ ६८ अाै स्थानमा रहेका छन ।