Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

दुवै सिद्धान्तलाई दस्तावेजमा राखेर महाधिवेशनसम्म लैजाऔंः झलनाथ खनाल

दुवै सिद्धान्तलाई दस्तावेजमा राखेर महाधिवेशनसम्म लैजाऔंः झलनाथ खनाल

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन ५ २०७४


दुवै सिद्धान्तलाई दस्तावेजमा राखेर महाधिवेशनसम्म लैजाऔंः झलनाथ खनाल

काठमाडौं । एमाले वरिष्ठ नेता झलनाथ खनालले एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्तमा सुरुमै बहस नगर्दा अहिले समस्या आएको बताएका छन्।  नेता खनालले वाम गठबन्धनका प्रमुख दुई नेताले सैद्धान्तिक विषयलाई सुरुमै टुंगो नलगाउँदा त्यसले एकता प्रक्रियामा गतिरोध उत्पन्न गराएको बताए। ‘सुरुमै सैद्धान्तिक विषयमा टुंगो लगाउनुपर्ने थियो, त्यो विषयमा छलफल नै भएको रहेनछ,’ खनालले भने, ‘छलफलमा सैद्धान्तिक विषय अन्तिम समयमा आएपछि त्यसले एकता प्रक्रियामा समस्या ल्यायो।’

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले बहस र छलफलबाटै एकता प्रक्रियामा देखिएका समस्यालाई समाधान गर्नुपर्ने बताए। ‘तत्कालनै सबै विवाद टुंग्याउनुपर्छ भन्ने केही छैन, सैद्धान्तिक विषयलाई महाधिवेशसम्म बहसमा लैजाऔं, त्यहीँ समाधान हुन्छ,’ उनले भने। नेता खनालले एमाले र माओवादीका दुवै सिद्धान्तलाई एकीकृत पार्टीको दस्तावेजमा समेटेर महाधिवेशमार्फत टुंग्याउनुपर्ने बताए। ‘एकता गर्दै जाने हो, बहससमेत गर्दै जाने हो, उनले भने।

एमाले र माओवादीबीच हुने भनिएको पार्टी एकताको प्रक्रिया एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्तमा आएर अड्किएको छ। एमाले शीर्ष नेतृत्वले एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवादलाई राख्नुपर्ने अडान राखेपछि निर्णायक भनिएको छलफल भाँडिएको थियो।

माओवादी केन्द्रले दुवै पार्टीका मार्गदर्शक सिद्धान्तलाई महाधिवेशनसम्म लैजाने र त्यहीँबाट टुंगो लगाउन सकिने विकल्प अघि सारेको थियो। एमालेले सो विषयमा थप छलफल आवश्यक रहेको बताएपछि वाम एकता प्रक्रियामा पुनस् गतिरोध पैदा भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार