Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपाल रेडक्रश सोसाइटी दानाबारी उपशाखाको सभापतिमा मित्रप्रसाद गौतम

नेपाल रेडक्रश सोसाइटी दानाबारी उपशाखाको सभापतिमा मित्रप्रसाद गौतम

  • सीता कार्की
  • बुधबार, फाल्गुन २ २०७४


नेपाल रेडक्रश सोसाइटी दानाबारी उपशाखाको सभापतिमा मित्रप्रसाद गौतम

इलाम । नेपाल रेडक्रश शोसाइटी दानाबारी उपशाखाको १३ औ अधिवेशनले मित्रप्रसाद गौतमलाई सभापति चयन गर्दै सम्पन्न भएको छ । माई नगरपालिका २ स्थित रेडक्रसको दानाबारी उपशाखाको अधिवेशनले सभापति सहित नौ सदस्य समिति गठन गरेको हो ।
समितिको सदस्यमा चन्द्रमाया लिम्बु,इश्वरी पराजुली राई, हरिप्रसाद गुरागाई
नेत्र प्रसाद भट्टराई, सेतु तामा, तेजबहादुर घिमिरे, सिवलाल आचार्य र राजकुमार गड्तौला चयन हुनुभएको छ ।

रेडक्रसको विधान अनुसार उपशाखाको निर्वतमान सभापछि कृष्ण खाकि पदेश सदस्य रहनेछन् । त्यस्तै पहिलो बैठकले एक जना सदस्य चयन गरेपछि पदाधिकारी निर्माण गर्ने सभापति मित्रप्रसाद गौतमले बताए ।
२०५९ साल मंसिर ५ गते स्थापना भएको थियो ।

उपशाखाको १३ अधिवेशन र ५ औँ निर्वाचन वर्षले नयाँ समिति गठन गरेको हो । बिसिष्ट सदस्य ३, संस्थापक सदस्य १ र आजीवन सदस्य एक सय १९ जना रहेको रेडक्रश उपशाखाको अधिवेशनमा विभिन्न समयमा भएका रक्तदान कार्यक्रममा स्वयमसेवक भई सहयोग गर्ने २१ जनालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार