Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रभु बैङ्क इलामले गर्यो गुरुकुललाई सहयोग

प्रभु बैङ्क इलामले गर्यो गुरुकुललाई सहयोग

  • सन्देश सम्वाददाता
  • सोमबार, माघ २९ २०७४


प्रभु बैङ्क इलामले गर्यो गुरुकुललाई सहयोग

इलाम : प्रभु बैंक इलाम शाखाले इलाम नगरपालिका ५ को तोरीबारीस्थित सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन अनुसन्धान केन्द्र (विद्याश्रम) लाई बीस हजार रुपैयाँ नगद सहयोग गरेको छ ।

विद्याश्रम परिसरमा आयोजित महापुराणमा शाखा प्रबन्धक रोशन संग्रौलाले नगद हस्तान्तरण गरेका हुन । विद्याश्रममा हाल सञ्चालन भइरहेको महापुराणको अवसरमा विद्यार्थीको पठनपाठनको सहयोगका लागि भनेर बैंकले सहयोग गरेको संग्रौलाले बताए ।

नगद हस्तान्तरणपछि संग्रौलाले भने, ‘बैंक सदैव पिछडिएको क्षेत्रमा गुणस्तरीय शिक्षाको लागि सहयोग गर्न प्रतिबद्ध रहेको र यसरी ग्रामिण स्थानमा अवस्थित विद्याश्रमका विद्यार्थीहरुको पठनपाठनमा सहयोग गर्न पाउनु हाम्रो लागि खुसीको विषय हो ।’

संस्थागत सामाजिक उत्तरदायित्व तर्फ सदैव संवेदनशील रहेको प्रभु बैंकले शिक्षाको साथसाथै स्वास्थ्य, खेलकुद लगायत अन्य आवश्यक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार