Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

लेटाङ पवित्रहाङमा रनिङ महिला गोल्डकपको फाइनलमा

लेटाङ पवित्रहाङमा रनिङ महिला गोल्डकपको फाइनलमा

  • सन्देश सम्बाददाता
  • सोमबार, माघ २९ २०७४


लेटाङ पवित्रहाङमा रनिङ महिला गोल्डकपको फाइनलमा

माङ्सेबुङ । लेटाङ फुटबल क्लब मोरङ इलामको माङ्सेबुङमा जारी आठौ पवित्रहाङ्मा रनिङ महिला गोल्डकप खेलकुद प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइबार सम्पन्न पहिलो सेमीफाइनमा ताप्लेजुङ फुटबल संघ ताप्लेजुङलाई ३–० गोल अन्तरले हराउदै लेटाङले फाइनलमा स्थान बनाउ सफल भएको हो ।

लेटाङका लागी दोश्रो हाफको ९ औ मिनेटमा आशा लिम्बुले हेडमार्फत गोल गर्दै अग्रता दिलाएकी थिइन । त्यसैरी दोश्रो हाफको २३ँ औ मिनेटमा मुना लावतीले अग्रता दोव्वर बनाइन । २८ औ मिनेटमा सरिता मगरले गोल गरेपछि लेटाङ ३–० को जित निकाल्दै फाइनल प्रवेश ग¥यो ।

लेटाङले अव उपाधीको लागी सोमबार गत संस्करणको बिजेता माङसेवुङ युथ सोसाइटी र माउन्ट एभरेष्ट स्र्पोटिङ क्लब सुनसरी विचको बिजेतासंग भिडनेछ । लेटाङकी आशा लिम्बु खेलको वुमन अफ दि म्याच घोषित भइन ।

फागुन २ गते सम्पन्न हुने प्रतियोगिताको बिजेताले नगद ६२ हजार १ सय ६२ र उपविजेताले नगद ३५ हजार १ सय ६२ रुपैया प्राप्त गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार