Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रमुख उद्योग अधिकृत नविन पौडेललाई उद्यमीबाट बिदाई

प्रमुख उद्योग अधिकृत नविन पौडेललाई उद्यमीबाट बिदाई

  • सन्देश सम्बाददाता
  • सोमबार, माघ २९ २०७४


प्रमुख उद्योग अधिकृत नविन पौडेललाई उद्यमीबाट बिदाई

इलाम । घरेलु तथा साना उद्योग विकास समिति इलामको प्रमुख उद्योग अधिकृतमा काम गरेर सरुवा हुनुभएका नविन पौडेललाई सम्मान र बिदाई गरिएको छ । एक वर्ष अघि उद्योग विकास समितिको प्रमुख उद्योग अधिकृत भएर आउनुभएका पौडेललाई कर्मचारी मिनल केन्द्र, घरेलु तथा साना उद्योग महासंघ जिल्ला समिति, उद्यमी र कार्यलयका कर्मचारीले बिदाई गरेका हुन् ।


घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङबाट २०७३ कात्तिमा इलाम कार्यक्षेत्र भई सरुवा भएर आउनुभएका पौडेललाई नेपाल महिला उद्यमी संघ इलामले पनि बिदाई गरेको थियो । तेह्रथुममा रहेको उद्योग विकास समितिको कार्यलय प्रमुखमा सरुवा भई जानुभएका पौडेललाई सनीबार र आइतबार उद्योगसँग सम्बन्धित विभिन्न संघसंस्थाले बिदाई कार्यक्रम गरेको घरेलु तथा सना उद्योग विकास समितिका उद्योग प्रशासन प्रमखु खड्ग बस्नेतले बताउनुभयो ।


बिदाई कार्यक्रममा उद्योगी व्यवसायीले प्रमुख उद्योग अधिकृतका रुपमा नविन पौडलले कार्यभार गरेपछि इलामका ग्रामीण क्षेत्रमा सीपमुलक कार्यक्रम र उद्योगमा उत्पादन भएको बस्तु प्रचारप्रसारका लागि ल्याएका कार्यक्रम प्रभावकारी भएको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार