Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पवित्रहाङमा रनिङ महिला गोल्डकप : सेमीफाइनल समिकरण पुरा

पवित्रहाङमा रनिङ महिला गोल्डकप : सेमीफाइनल समिकरण पुरा

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ २८ २०७४


पवित्रहाङमा रनिङ महिला गोल्डकप : सेमीफाइनल समिकरण पुरा

माङ्सेबुङ । इलामको माङ्सेबुङमा जारी आठौ पवित्रहाङ्मा रनिङ महिला गोल्डकप खेलकुद प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ ।

शनिबार भएको पहिलो चरण अन्तिम खेलमा माउन्ट एभरेष्ट स्र्पोटिङ क्लब चतरा सुनसरीले न्यु स्टार क्लब प्याङ इलामलाई १–० गोल अन्तरले पराजित गरेसंगै सेमीफाइनल भिडने टिम पक्का भएको हो ।

खेलको ८ औ मिनेटमा सुनसरीकी शर्मिला राईले गरेको गोल नै निर्णायक बन्यो । निर्णायक गोल गरेकी राई खेलको वुमन अफ दि म्याच घोषित भइन ।

आइतबार हुनेसेमीफाइनलको पहिलो खेलमा लेटाङ फुटबल क्लब लेटाङ मोरङ र ताप्लेजुङ फुटबल संघ ताप्लेजुङबिच हुनेछ ।

मोरङले सताक्षीधाम स्र्पोटिङ क्लब झापालाई ३–० ले हराउदै सेमीफाइनल प्रवेश गरेको हो भने ताप्लेजुङ केएनके सुरुङ्गा माथी ६–० को फराकिलो जित निकाल्दै सेमीयात्रा तय गरेको हो ।

फागुन २ गते सम्पन्न हुने प्रतियोगिताको बिजेताले नगद ६२ हजार १ सय ६२ र उपविजेताले नगद ३५ हजार १ सय ६२ रुपैया प्राप्त गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार