Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

टुर्वोग सुर्योदय नगरकपको बिजेता बन्दै फिक्कलले पायो नगद १ लाख

टुर्वोग सुर्योदय नगरकपको बिजेता बन्दै फिक्कलले पायो नगद १ लाख

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ २७ २०७४


टुर्वोग सुर्योदय नगरकपको बिजेता बन्दै फिक्कलले पायो नगद १ लाख

करफोक । करफोकमा जारी टुर्वोग सुर्योदय नगरकप फुटबलको उपाधी फिक्कल फुटबल क्लबले जितेको छ । करफोक उच्च माविको खेलमैदानमा भएको प्रतियोगितामा पञ्चकन्या फुटबल क्लबलाई सडनडेथमा ८ का विरुद्ध ९ गोल अन्तरले पराजित गर्दै फिक्कलले नगद १ लाख सहित बिशाल मेमोरियल ट्रफी हात पारेको हो ।

निर्धारित ७० मिनेटको खेलमा दुवै टिमबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । प्रतियोगिताको उपबिजेता बनेको पञ्चकन्याले नगद ५० हजार सहित विशाल मेमोरियल ट्रफीमा चित्त बुझायो । फिक्कलका तर्फबाट राष्ट्रिय खेलाडी छिरिङ गुरुङ, निशान खडका लगायतको सहभागीता रहेको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी फिक्कल फुटबल क्लबका सुरज राउत, उत्कृष्ट स्ट्राइकर भेनस सुन्दरपानीका संजोग खडका, उत्कृष्ट डिफेन्स फिक्कलका डेनिस गुरुङ, उत्कृष्ट गोलकिपर फिक्कलका विशाल थामी, उत्कृष्ट मिडफिल्डर पञ्चकन्याका रविन राई र ७ गोल गरेका फिक्कलका पासाङ लामा सर्वाधिक गोलकर्ता बन्दै जनही नगद ५ हजार प्राप्त गरे ।

फुटबल प्रतियोगितामा बरिष्ठ एन्फा रेफ्री बालकृष्ण याङमालीलाई सम्मानपत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।  प्रतियोगिताको मेडल तथा ट्रफी फिक्कलका व्यवसायी मानबहादुर श्रेष्ठले आफना स्वर्गिय छोरा बिशाल श्रेष्ठको स्मृतीमा प्रदान गरेका थिए ।

फाइनल अघि भएको मैत्रीपुर्ण खेलमा इलामेली पत्रकार र सुर्योदय खेलकुद विकास समितीको संयुक्त टिमले सुर्योदय होटल एसोसिएनलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

सुर्योदय नगरपालिकाभित्रका खेलाडीहरुको प्रतिभा उजार गर्दै नगर स्तरिय टिम बनाउने उद्धेश्यका साथ समृद्ध सुर्योदय, सुर्योदय खेलकुद विकास समिती र सुर्योदय होटल एसोसिएनसको संयुक्त आयोजनामा माघ १६ गतेबाट सञ्चालित प्रतियोगितामा नगरपालिकाभित्रका १६ बटा टिमको सहभागीता रहेको थियो ।

विनोद मोक्तानको अध्यक्षतामा भएको समापन समारोहको प्रमुख अतिथी नगर उपप्रमुख दुर्गादेवी भट्टराई रहेकी थिइन ।

बिजेता तथा उपविजेतालाई नगर उपप्रमुख भट्टराई, बिशेष अतिथीहरु मानबहादुर श्रेष्ठ, जिल्ला फुटबल संघका उपाध्यक्ष मणी गुरुङ, जिल्ला खेलकुद विकास समितीका उपाध्यक्ष दिपेश गुरुङ, लगायतले नगद तथा पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार