Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

निर्माण व्यवसायीको नेतृत्वमा चिपालु र भक्तराज भिड्दै

निर्माण व्यवसायीको नेतृत्वमा चिपालु र भक्तराज भिड्दै

  • सुजन तिमल्सिना
  • शनिबार, माघ २७ २०७४


निर्माण व्यवसायीको नेतृत्वमा चिपालु र भक्तराज भिड्दै

इलाम । नेपाल निर्माण व्यवसायी संघ इलामको आठौँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सनिवार मतदानको हुँदैछ । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय नेतृत्वबाट उद्घाटन गरिएको अधिवेशनमा सहमतिमा नयाँ नेतृत्व चयनको काम सफल नभएपछि मतदानको प्रक्रिया अघि बढाएको छ ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा राजकुमार भक्तराज र सुवास चिपालुबिच प्रतिस्पर्धा हुँदैछ । संघको उपाध्यक्षमा वसन्त थाम्सुहाङ्ग, सुमन श्रेष्ठ र मेनुका तिमसिना चुनावी मैदानमा छन् । त्यसै सचिवमा विरेन्द्र कार्की निर्विरोध निर्वाचित भएका छन् । सहचिव पदमा पनि हेमन्त गौतम निर्विरोध निर्वाचित भएको निर्माण व्यवसायी संघ इलामका सदस्य जिवन ढुङ्गानाले बताए ।


संघको कोषाध्यक्षका लागि पुष्कर बुर्जा र सन्तोस भक्तराजबिचि प्रतिष्पर्धा हुँदैछ । यस्तै पाँच वटा सदस्य पदका लागि १० जनाले उमेद्धवारीको मनोनयन गरेका छन् । सदस्य पदका लागि निरोज राउत, विजय ताम्राकार, पुजन श्रेष्ठ, सेवक देवान, सूर्य कार्की, गणेश चौहान, दिनेश खड्का, पूर्ण मुखिया र मोहन अधिकारीको प्रतिस्पर्धा छ । यस्तै ५ जना केन्द्रिय प्रतिनिधिका लागि ९ जनाले उमेद्धवारी दिएका छन् । केन्द्रिय प्रतिनिधिमा सन्तोश कटुवाल, डिल्लि खनाल, भुमि ढुङ्गाना, मनोज बुडाथोकी, दिपक गौतम, डम्बरसिंह गदाल, वाङ्दी सेर्पा, माइला चौहान प्रतिस्पर्धा रहेका छन् ।


नयाँ नेतृत्वका लागि १२ बजेदेखि मतदातन प्रक्रिया शुरु हुने निर्वाचन समितिले जनाएको छ । संघको उद्घाटन सत्रमा बोल्ने निर्माण व्यवसायीले राज्यले सुरक्षा दिन नसकेको, काम सम्पन्न गरेपनि भुत्तानीको काम नगरेको र मुल्यवृद्धि काम गर्न समस्या भएको बताएका थिए । उद्घाटन सत्रमा बोल्दै निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष विष्णुभाई श्रेष्ठले राजनीतिक संरचना परिवर्तनसँगै निर्माण व्यवसायीको संगठन पनि प्रदेशस्तरीय बन्ने बताए । प्रदेशस्तरीय संरचना निर्माणका लागि तदर्थ समिति निर्माणको काम शुरु भएको उनले बताए ।
निर्माण व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष तेजकुमार कुरुङ्बाङ्गले निर्माण व्यवसायीका आफ्ना कमजोरीले पनि सुरक्षा थ्रेट बढेको बताए । व्यवसायी लाई दिनदाहाडै गोही हान्ने काम समेत भएको र त्यस घटनामा संलग्न व्यक्ति तथा पेस्तोल पत्ता लागेपनि के कारणले घटना भएको हो त्यसको बारेमा पनि निर्माण व्यवसायीले आफै अध्ययन गर्नुपर्ने उनले बताए । कतिपय व्यवसायीले राज्यको विकास बजेटको अधिकासं ठेक्का आफ्नो हातमा पार्न अनेक प्रपन्च गर्ने गरेका कारणपनि व्यवसायीलाई सुरक्षा थ्रेट हुने गरेको कुरुङ्बाङ्गको भनाइ थियो ।


कार्यक्रममा निर्माण व्यवसायी महासंघका महासचिव रामसरण देउजाले सरकारले निर्माण व्यवसाय मैत्री कानुन नबनाउँदा विकास निर्माणका काग गुणस्तरहिन भएको बताए । साना व्यवसायीका हातमा काम पुर्याउनका लागि सरकारी निर्माण कम्पनीको बिड क्षमताका आधारमा काम जिम्मा दिने खालको कानुन नीर्माणमा उनको जोड थियो ।
व्यवसायी महासंघका नीतिगत उप महासचिव बिष्णु बुडाथोकीले निर्माणको काम छिटो गर्नका लागि कानुन परिवर्तन गर्नका लागि सरकारलाई सुझाव दिएपनि सरकारले वास्था नगरेको बताए । व्यवसायी संघका केन्द्रिय सदस्य दिपक गौतमले निर्माण भइरहेका आयोजनाको बिल गरेर खर्च निकासा नगर्दा समस्या भएको बताए । आफैले निर्माणको जिम्मा पाएको रसुवागडि केरुङ नाकामा दैनिक एक हजारबढी कमादारले काम गरेपनि राज्यले भुक्तान नगर्दा साइड छोड्नुपर्ने अवस्था आएको उनले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम नगरपालिकका मेयर महेस बस्नेत, नेपाली काग्रेसका होम दुलालले सुभकामना मन्तव्य राखेको कार्यक्रममा इलाम क्षेत्रमा रहेर निर्माण व्यवसाय गर्दै आएका नौ जना व्यवसायीलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा महमार्य निर्माण सेवाका सोमनाथ बास्तोला, जेबी कष्ट्रक्सन इलामकी मेनुका तिमसिना, दाजुभाई निर्माण सेवाका दिपक गौतम, दुर्गालक्ष्मी निर्माण सेवा इलामका डम्बरसिंह गदाल, किराँत निर्माण सेवाका गणेश राई, इलाम गजुरमुखि निर्माण सेवाका यामप्रसाद चापागाई, कपिला निर्माण सेवाका डिक बहादुर कोइराला, निमा सेर्पा निर्माण सेवाका निमा सेर्पा, विष्णु निर्माण सेवाका पहलमान सुवेदी र जनकल्याण निर्माण सेवाका सितादेवी कोइराला रहेका छन् । उनीहरुलाई निर्माण व्यवसायी महासंघका अध्यक्ष लगायत अतिथिले सम्मान प्रत्र पदान गरेको निर्माण व्यवसायी संघ इलामका निवर्तमान उपाध्यक्ष सन्तोस कटुवालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार