इलाम । इलामको माङ्सेबुङमा जारी आठौ पवित्रहाङ्मा महिला गोल्डकप खेलकुद प्रतियोगिता अन्र्तगत विहिवार भएको खेलमा माङसेवुङ युथ सोसाइटी माङसेवुङ इलाम विजयी भएको छ ।
माङसेवुङले पारिजात महिला फुटबल क्लब सालबारी झापालाई ४–० गोल अन्तरले पराजित गरेको हो । पारिजातलाई निरन्तर दवावमा राखेको माङसेवुङले खेलको पाँचौ मिनेटमा सुस्मिता लेप्चाको गोलको खाता खोल्यो । खेलको २४ औ मिनेटमा रिमा तामाङले गोल गर्दै अग्रता दोब्बर पारिन ।
पहिलो हाफको २८ औ मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै सुस्मिताले माङसेवुङलाई ३–० को अग्रता दिलाइन । दोश्रो हाफको तेश्रो मिनेटमा प्रियंका खवासले गोल गरेपछि ४–० को जित निकाल्दै माङसेवुङ सेमीफाइनल प्रवेश गरेको छ ।
शुक्रबार हुने खेलमा ताप्लेजुङ फुटबल संघ ताप्लेजुङ र केएनके सुरुङ्गा झापाबिच प्रतिस्पर्धा हुनेछ ।