इलाम । जिल्ला प्रशासन कार्यालय इलामको कामकाज नयाँ भवनबाट सुरु भएको छ । भवनको निर्माण कार्य पुरा भएसँगै बुधबारबाट नयाँ भवनबाट कामकाज सुरु गरिएको हो ।
बि.स. २०७२ बैशाख १२ गते आएको भूकम्पले पुरानो भवन बस्न नहुने गरि क्षती गरेसँगै कामकाज प्रभावित भएको थियो । अव भने काम गर्न सहज हुने नागरिकता फाँटका अर्जुनजंङ सिँजापतीले जानकारी दिए ।

३ करोड ३० लाखको लागतमा ठेक्का लागेको यो भवन ७४ साल माघ २ गते भित्र सम्पन्न गर्नु पर्ने सम्झौता थियो । भवनको केहि काम अझै बाँकी रहेपनि बस्न र काम गर्न मिल्ने भएपछि नयाँ भवनबाट काम सुरु गरिएको वताइएको छ ।

भवन निर्माण गर्ने ठेक्का महादेव खिम्ती पाञ्चायन प्रतिक जेभी इलामले पाएको थियो । दुई तले ११ कोठा भएको आधुनिक पक्की भवनसँगै सुरक्षा गार्ड भवन समेत निर्माण भएको छ ।