करफोक । करफोकमा संचालित टुर्वोग सुर्योदय नगरकप फुटबल २०७४ को सेमीफाइनल समिकरण पुरा भएको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा एमएफसी पान्दामलाई हराउदै फिक्कल एफसी सेमीपmाइनल प्रवेशसंगै सेमीफाइनल भिडने टिम पक्का भएको हो ।
पहिलो हाफको २० औ मिनेटमा फिक्कल एफसीका पासाङ शेर्पाले गरेको गोल नै निर्णायक बन्यो । प्रतियोगिता अन्र्तगत आजबाट सेमीफाइनलका खेलहरु सुरु हुनेछन । पहिलो सेमीफाइनलमा बुधवार आइतबारे युथ क्लबले पञ्चकन्या एफसीको सामान गर्दैछ ।
समृद्ध सुर्योदय अभियान, सुर्योदय नगरखेलकुद विकास समिती र सुर्योदय होटल व्यवसायी संघको संयुक्त आयोजनामा करफोक विद्या मन्दिरको खेलमैदानमा जारी प्रतियोगितामा सुर्योदय नगरपालिका भरीका १६ टिमको सहभागी रहेको थियो । प्रतियोगिताबाट उत्कृष्ट १८ भित्र पर्ने सुर्योदय भरीका खेलाडीहरुलाई सम्मिलित गराएर नगर स्तरिय टिम बनाइने आयोजक समितीका सचिव अविशेक पौडेलले जानकारी दिए ।
माघ २७ गते फाइनल हुने खेलको बिजेताले नगद १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपबिजेताले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।